बिग बास: होबार्ट हुरिकेन्सको छाैटाैं जित, यस्तो रह्यो सन्दिपको प्रदर्शन

बिग बास: होबार्ट हुरिकेन्सको छाैटाैं जित, यस्तो रह्यो सन्दिपको प्रदर्शन
PERTH, AUSTRALIA - JANUARY 12: Sandeep Lamichhane of the Hurricanes bowls during the Big Bash League match between the Perth Scorchers and the Hobart Hurricanes at Optus Stadium, on January 12, 2021, in Perth, Australia. (Photo by Will Russell - CA/Cricket Australia via Getty Images)

अस्ट्रेलियामा जारी बिग बास लिगमा नेपाली खेलाडी सन्दीप लामिछानेआवद्ध होबार्ट हुरिकेन्सले सिड्नी थन्डर्समाथि जित निकालेकाे छ ।छैटौं जित हासिल गर्ने क्रममा  हुरीक्यान्सले सिड्नी थण्डरलाई ६ विकेटले पराजित गरेको हो ।

सिड्नीले दिएको एक सय ७८ रनको लक्ष्य होबार्टले १८ ओभरमा ४ विकेट गुमाएर भेट्टायो। होबार्टको जितमा विकेटकिपर ब्याट्सम्यान बेन म्याकडर्मोटले शानदार ब्याटिङ गरे। उनले ५६ बलमा ८ चौका र ५ छक्कासहित सर्वाधिक ९६ रन बनाए।

यस्तै, डेविड मालनले ४२, डार्सी शर्टले ६ रन बनाउँदा कप्तान पीटर ह्यान्सकम्ब २१ र टिम डेभिड ७ रनमा अविजित रहे। ​बलिङमा तनवीर सांघाले २ तथा नाथन म्याकन्ड्र्यू र एडम मिलनेले एक–एक विकेट लिए। यस अघि सिड्नीले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १७७ रन बनाएको थियो ।

टिमले सानदार जीत हासिल गरेपनि लामिछाने भने लगातार दोस्रो खेलमा पनि विकेटविहीन रहेका छन् । खेलको पाँचौँ ओभरमा बलिङ गर्न आएका उनले सो ओभरमा छ रन खर्चिए । आफ्नो दोस्रो ओभरमा लामिछानेले विपक्षी खेलाडीलाई नौ रन दिए । तेस्रो ओभरमा उहाँले पाँच रन मात्र खर्चिए भने चौथो ओभरमा लामिछानेले आठ रन दिँदै चार ओभर बलिङ गर्दै २८ रन खर्चिदा विकेट विहिन बने  ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *