अल्मुताइरीले गरे नेपालसँग तीन बर्षे सम्झौता

अल्मुताइरीले गरे नेपालसँग तीन बर्षे सम्झौता

काठमाडौं : राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपालसँग सम्झौता गरेका छन्।  अल्मुताइरीले तीन बर्षसम्म नेपाली राष्ट्रिय फुटबल टिमकाे मुख्य प्रशिक्षकमा हस्ताक्षर गरेका छन् ।  नयाँ सम्झौता अनुसार अब उनी सन् २०२४ सम्म राष्ट्रिय टिमको मुख्य प्रशिक्षक रहनेछन् ।

मुख्य प्रशिक्षक अल्मुताइरीका अनुसार १ नोभेम्बरबाट सुरु भएको नयाँ सम्झौता २०२४ को अन्त्यसम्म कायम रहनेछ । माल्दिभ्समा भएको साफ च्याम्पियनसिपको फाइनल खेल्नुअघि अम्मुताइरीले नेपाल छाड्ने घोषणा गरेका थिए ।

तर अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले कतार पुगेर भेट्नुका साथै कतार फुटबल एशोसिएसनसँग भएको छलफलपछि मुख्य प्रशिक्षक अम्मुताइरी नयाँ सम्झौताका लागि सहमत भएका हुन् । परीक्षण काल पूरा गरेको भन्दै मुख्य प्रशिक्षक अल्मुताइरीले मिलेर फुटबल विकासमा काम गर्न चाहेको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *