चौरपाटि गाउँपालिकालाई नेपाल विद्यार्थी संघकाे ज्ञापनपत्र

चौरपाटि गाउँपालिकालाई नेपाल विद्यार्थी संघकाे ज्ञापनपत्र

अछाम : नेपाल विद्यार्थी संघ अछामले जिल्लाका १० वटै पालिकाकामा ज्ञापनपत्र बुझाएको छ ।

५५ औं स्थापना दिवसको अवसरमा शैक्षिक क्षेत्रका सवाललाई समेटिएर तयार पारिएको ज्ञापनपत्र १० वटै पालिकालाई बुझाइएकाे हाे ।

जसअन्तर्गत जिल्लाकाे चौरपाटि गाउँपालिकालाई पनि ज्ञापनपत्र पत्र बुझाइएको नेपाल विद्यार्थी संघका नेता कमल कुवरले जानकारी दिए ।

शिक्षण सिकाइ सुधार गर्न शैक्षिक अवस्थाको अनुगमन, अध्ययन, अनुसन्धान गर्नुपर्ने, शिक्षामा बजेट बढाउनुपर्ने लगायतका माग समेटिएको ज्ञापनपत्र त्रिपूरा सुन्दरी क्याम्पसका स्ववियु सभापति समेत रहेका नेपाल विद्यार्थी संघका नेता कमल कुवरको नेतृत्वमा गाउँपालिका अध्यक्ष  भिम बहादुर साउद लाई बुझाइएको हाे ।

ज्ञापनपत्र बुझाउने कार्यक्रम नेविसंघ नेताकार्यकर्ताको  उपस्थिति रहेकाे थियोे ।

ज्ञापनपत्र बुझाउन नेविसंघले सबै पालिकामा आफ्ना प्रतिनिधि समेत खटाएको थियोे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *