अछाम जिल्लामा निषेधाज्ञा तथा कर्फ्यु हटाइयो

अछाम २८ ,भदौ ।
अछाम जिल्लामा निषेधाज्ञा तथा कर्फ्यु हटाइएको छ ।
पछिल्लो समयमा विकसित राजनीतिक घटनाक्रम तथा जिल्लाको समग्र शान्ति सुरक्षाको अवस्थाको विश्लेषणका आधारमा २०८२ भदौ २८ गते बिहान् ११ बजेदेखि लागु हुने गरि निषेधाज्ञा तथा कर्फ्यु हटाइएको प्रमुख जिल्ला अधिकारी आनन्द सारुले जानकारी दिनुभयो ।
जिल्ला सुरक्षा समिती अछामको २०८२ भदौ २८ गते बसेको बैठकको निर्णायनुसार निषेधाज्ञा हटाइएको हो । आगामी दिनमा समेत जिल्लामा शान्ति सुव्यवस्था , र अमन चयन कायम राख्न कार्यक्षेत्रमा खटिएका सुरक्षाकर्मी हरुलाइ आवश्यक सहयोग गरिदिन हुन् विभिन्न पक्ष, राजनीतिक दल ,संघ संस्था ,निकाय र आम नागरिकहरुमा प्रमुख जिल्ला अधिकारी सारुले अनुरोध समेत गर्नुभएको छ ।
