विभिन्न कार्यक्रम गर्दै निजामती सेवा दिवस अछाममा पनि मनाइयो

विभिन्न कार्यक्रम गर्दै निजामती सेवा दिवस अछाममा पनि मनाइयो

अछाम : मुलुकको स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीले आइतबार  देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाइएको छ ।

सोही अनुरुप “व्यावसायिक र सिर्जनसिल प्रशासन, विकास समृद्धि र सुशासन” भन्ने नाराका साथ २२ औँ निजामती सेवा दिवस २०८२ अछाम जिल्लामा विभिन्न कार्यक्रम आयोजना गरि मनाइएको हो।

जिल्ला प्रशासन कार्यालय अछामको आयोजनामा मंगलसैन बजारमा निजामती सेवा सम्बन्धी विभिन्न नारा लेखिएका प्ले कार्ड सहित प्रभात फेरि निकालिएको थियो ।
कार्यक्रममा बोल्दै मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले निजामती सेवा दिवस निजामती राष्ट्रसेवक, सार्वजनिक सेवाका सेवाग्राही र आम सरोकारवालाका लागि आफैंमा महत्त्व राख्ने दिन भएको बताउनुभयो । कर्मचारीहरुले मुस्कान सहितको सेवा दिए मात्र आम नागरिकहरुमा निजामती कर्मचारीले प्रदान गर्ने सेवामा सकारात्मक सन्देश प्रवाह हुने बताउनुभयो ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी आनन्द सारुले असल काम र सकारात्मक व्यवहारमार्फत जनताको विश्वास बढ्ने भएकाले निजामती कर्मचारीहरु सबै जिम्मेवार बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
निजामती सेवाको मूल्य–मान्यता,आदर्श, चरित्र, नैतिकता, सदाचारिता, निष्ठाजस्ता गुणको स्मरण र पालना गरी नागरिकको सेवामा प्रतिबद्धता व्यक्त गर्ने दिनका रूपमा यस दिवसलाई लिने गरिएको बताउनुभयो ।

सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा मंगलसैन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र डांगि काेष नियन्त्रक दिवसराज घिमिरे लगायतले मन्तव्य राख्नुभएको थियो । उक्त कार्यक्रम संचालन नायब सुब्बा बिनोदराज खनालले गर्नु भएको थियो ।

साथै कार्यक्रममा भदौ २१ निजामती सेवा दिवसको अवसरमा कर्मचारी संगम अछामको आयोजनामा भएको हाजिरिजवाफ प्रतियोगितामा प्रथम ,द्वितीय ,तृतीय र सहभागी टिमहरुलाइ पुरस्कार र प्रमाणपत्र बितरण गरिएको थियो ।

Leave a Reply