राजीनामा दिन्न, मलाई मारी दिनुहोस् र आन्दोलनकारीमाथि मेरो हत्याको आरोप लगाइ दिनुहोस् : राष्ट्रपति

काठमाडौं । वरिष्ठ पत्रकार किशोर नेपालले राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले राजीनामा मागेको दाबी गरेका छन् ।
बुधबार सामाजिक सञ्जाल एक्समार्फत वरिष्ठ पत्रकार नेपालले हिजो भदौ २४ गते प्रधान सेनापतिले राष्ट्रपति पौडेलसँग राजीनामा माग गरेको जनाएका छन् ।

‘राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा हिजो भदौ २४ गते भएको सुरक्षा प्रमुखहरूको बैठकमा नेपाली सेनाका प्रधान सेनापतिले राष्ट्रपतिसंग ‘राजीनामा दिने’ आग्रह गर्दै भनेछन्, ‘बाँकी हामी सम्हाल्छौं ।’
‘राष्ट्रपतिको जवाफ थियो ः म राजीनामा दिन्न । बरु, तपाईहरू मलाई मारी दिनुहोस् र आन्दोलनकारीमाथि मेरो हत्याको आरोप लगाइ दिनुहोस् । त्यसपछि जे मन लाग्छ त्यो गर्नुहोस् ।’