वडा स्तरीय खुला पुरूष भलिबल प्रतियोगिता रामारोशन गाउँपालिका – ५ मा सुरु

अछाम : रामाराेशन गाउँपालिकाकाे प्रसिद्ध धार्मिक अनन्ते मेलाकाे अवसरमा वडा स्तरीय खुल्ला पुरूष भलिबल प्रर्तियाेगिता वडा नम्बर ५ रामारोशनमा सुरु भएको छ ।
रामाराेशन सराेकार मन्च काे आयाेजना तथा रामाराेशन गाउँपालिकाकाे सहकार्यमा भएको वडा स्तरिय खुल्ला पुरूष भलिबल प्रतियोगिताको उद्घाटन उक्त कार्यक्रमका प्रमुख अतिथि रामारोशन गाउँपालिका अध्यक्ष मानबहादुर साउदले गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता भरत बहादुर शाह ,वडा नम्बर ५ का अध्यक्ष केशर बहादुर शाह , नेकपा एमालेका उदय राेकाया, माओवादी केन्द्रका तारामान बुढा
निलकठ्ठ मा बि का प्रअ कम्मान सिङ राेकाया ,समाजसेवी जगत बुढा, नवल सिङ बुढा, नरपति राेकाया ,अनन्ते मेलाका प्रमुख धामि दान बहादुर राेकाया, माेति बुढा लगायतको सहभागी रहेकाे कार्यक्रममा कालिकाेट बान्निगढी जयगढ गाउँपालिका, रामाराेशन गाउँपालिका गरि ११ वटा टिमकाे सहभागी रहेकाे छ ।
पहिलाे खेल नरहरिनाथ माल्काेट कालिकाेट भर्सेस यल्बि स्मृति युवा क्लब बिच भएको थियाे। खेलमा नरहरिनाथ माल्काेट बिजय भएको छ ।
रामाराेशन सराेकार मन्चका उपाध्यक्ष शम्शेर बाेहराकाे स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रम काे सन्चालन रामाराेशन सराेकार मन्चका सचिब उमेश कुमार बाेहराले गर्नु भएको थियाे।