निजामती कर्मचारी युनियन अछामद्वारा स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल बितरण

निजामती कर्मचारी युनियन अछामद्वारा स्थापना दिवसको अवसरमा बिरामीलाई फलफूल बितरण

अछाम : नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको अवसरमा
निजामती कर्मचारी युनियन अछामले फलफूल बितरण गरेर आफ्नो स्थापना दिवस मनाएको छ ।

युनियन अछामका अध्यक्ष झपटराज ढुंगानाको नेतृत्वमा जिल्ला अस्पताल अछाममा भर्ना भएका बिरामी हरुलाइ फलफूल बितरण गरिएको हो ।

उक्त कार्यक्रममा नेपाली काङ्ग्रेस अछामका कार्यवाहक सभापति नयाँराम बजगाइ,महासमिति सदस्य पदमराज अधिकारी ,जिल्ला समन्वय समिति अछामका उपप्रमुख दानमती शाही लगायतको उपस्थित रहेकोे थियो ।
सहभागीहरुले बिरामीहरुलाइ फलफूल बितरण गर्दै उनीहरुको स्वास्थ्य लाभको कामना ब्यक्त गरेका थिए ।

युनियनको स्थापना दिवसको अवसरमा हरेक वर्ष रचनात्मक कार्यहरू गर्दै आइरहेको नेपाल निजामती कर्मचारी अछामका उपाध्यक्ष बिष्णु प्रसाद उपाध्यायले बताउनुभयो ।

Leave a Reply