स्थानीय सरकार र प्रशाशनले गरेको निर्णय सबैले कार्यान्वयन गर्नुपर्ने : सरोकारवाला

स्थानीय सरकार र प्रशाशनले गरेको निर्णय सबैले कार्यान्वयन  गर्नुपर्ने : सरोकारवाला

स्थानीय सरकार र प्रशाशनले गरेको निर्णय सबैले कार्यन्वयन गर्नुपर्ने एक कार्यक्रममा सहभागि सरोकारवालाले बताएका छन ।

निर्णय हुने तर त्यी निर्णयहरु कार्यन्वयन नगर्ने समस्या बढेकाले अब यसभन्दा अघि भएका निर्णयहरु कार्यन्वयन हुनुपर्नेमा जोड दिएका छन ।

जिल्ला प्रहरी कार्यालय अछामले मंगलसेनमा आयोजना गरेको सरोकारवाला संगको अन्र्तक्रिया कार्यक्रममा सहभागि सरोकारवालाले यस्तो कुरामा जोड दिएका हुन । बैठक बसेपछि थुप्रै  किसिमका निर्णयहरु हुने तर पछि पुरानै अवस्था देखिने भएकाले आगामी दिनमा निर्णयहरुलाई प्रभावकारी ढंगले कार्यन्वयन गर्नुपर्ने र अटेर गर्नेलाई कानुनी कार्बाही गर्नुपर्नेमा जोड दिएका थिए ।

प्रमुख जिल्ला अधिकारी शरद  कुमार पोखरेलको अध्यक्षातामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुवँर प्रमुख अतिथि रहनु भएको थियो ।

कार्यक्रममा बोल्दै समन्वय प्रमुख कुवँरले आफै निर्णय गर्ने आफै उलंघन गर्ने प्रवृतिले अहिलेको समस्या ल्याएको भन्दै अब अटेर गर्ने जोकोहीलाई पनि कानुनी कार्बाही गर्नुपर्ने बताउनुभयो ।

केही यातायात व्यवसायी र व्यापारीहरुको अटेरीको कारणले समस्या ल्याएको भन्दै अब पनि पुरानै गल्ती दोहोर्‍याउनेलाई छोड्न नहुने समन्वय प्रमुख कुवँरको भनाई छ । कार्यक्रममा बिशिष्ट अतिथिको आशनबाट बोल्दै मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले नगरपालिकाले बजार क्षेत्रको जथाभावि पार्किङ गर्ने समस्यालाई मध्यनजर गर्दै पटक पटक निर्णय गरेपनि कसैले पनि कार्यन्वयन नगरेको गुनासो गर्नुभयो ।

यसभन्दा अघि प्रहरी प्रशासनको समन्वयमा जिल्ला प्रशासन कार्यालय अछाममा याता यातका क्षेत्रमा देखिएका समस्या, बजार क्षेत्रको फोहोर व्यवस्थापन लगायतका विषयमा छलफल र बहस हुदा पनि कसैले कार्यन्वयन नगरेको बताउनुभयो ।

अछामका प्रमुख जिल्ला अधिकारी शरद  कुमार पोखरेलले स्थानीय सरकार र प्रशासनले गरेको निर्णय कार्यान्वयन  नगर्ने संघस्था र ब्यक्तिलाई अब कडा कार्बाही गर्ने चेतावनी दिनुभएको छ ।

आफुले पनि जिल्लामा आईसकेपछि यस विषयमा थुप्रै सरोकारवाला ब्यक्ति संग छलफल गरेको तर परिणमा नदेखिएको हुदा कानुनको उलंघन गर्नेलाई नछोडीने बताउनुभयो । राम्रा काममा सबैले साथ दिनुपर्ने भन्दै प्रमुख जिल्ला अधिकारी पोखरेलले आफ्नो ठाउको समस्यालाई समाधान गर्नका लागि जिल्लाबासीले नै अग्रसरता देखाउनुपर्नेमा जोड दिनुभएको छ। कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकलले विभिन्न समयमा जिल्ला प्रहरी कार्यालयले सचेततामुलक कार्यहरू गर्दै आइरहेको बताएकाछन् । जिल्लामा पछिल्लो समय सडक दुर्घटनाका घटना बढी रहेको जानकारी गराउदै दुर्घटना हुँदा प्रायजसो चालक हरु संग चालक  अनुमती पत्र नहुने गरेको बताउनुभयो । घटना घटिसकेपछि क्षतिपूर्ति पाउनका लागी चालक अनुमति पत्र भएको चालकले सवारी चलाएको देखाउने गरिएको पाइएको बताउनुभयो । यस्ता गतिविधि गर्ने लाई कारबाही गर्ने समेत चेतावनी दिनुभयो । 

कार्यक्रममा सहभागि अधिकांश सरोकारावालाले मंगलसेन बजार क्षेत्रमा जथाभावि गरिने पार्किङ सम्बन्धित तोकिएकै ठाउमा गर्नुपर्ने, विभिन्न यातायात व्यवसायी समितिका टिकट काउन्टरहरु बसपार्क क्षेत्रमा राख्नुपर्ने र सवारी दुर्घट्ना न्युनिकरणका लागि सचेतनामुलक कार्यक्रमहरु संचालन गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा वडा अध्यक्ष, व्यापारी, यातायात व्यवसायीहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *