निजामती दिवश : जिल्ला प्रशासन कार्यालय अछाम द्वारा ब्याडमिन्टन प्रतियोगिता आयोजना

निजामती दिवश : जिल्ला प्रशासन कार्यालय अछाम द्वारा ब्याडमिन्टन प्रतियोगिता आयोजना

भदौ २१,अछाम :निजामती सेवा दिवशको उपलक्ष्यमा जिल्ला प्रशासन कार्यालय अछाम द्वारा  ब्याडमिन्टन प्रतियोगिता गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय अछामको खेल मैदानमा
बिहिवार बाट सुरु भएको प्रतियोगिताको प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले उद्घाटन गर्नुभएको हो ।

प्रतियोगितामा जिल्लाका विभिन्न सरकारी कार्यालयका निजामती कर्मचारी हरुको १४ वटा टिमको सहभागीता
रहेको छ ।

सरकारी कर्मचारीहरूको अन्तर्निहित क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्य प्रतियोगिताको आयोजना गरिएको प्रजिअ पोखरेलले बताउनुभयो । शुक्रबार प्रतियोगिताको समापन हुने जिल्ला प्रशासन कार्यालय अछामले जनाएको छ ।

Leave a Reply