मंगलसेन नगरपालिकालाई नेपाल विद्यार्थी संघकाे ज्ञापनपत्र

मंगलसेन नगरपालिकालाई नेपाल विद्यार्थी संघकाे ज्ञापनपत्र

अछाम : नेपाल विद्यार्थी संघ अछामले जिल्लाका १० वटै पालिकाकामा ज्ञापनपत्र बुझाएको छ ।

५५ औं स्थापना दिवसको अवसरमा शैक्षिक क्षेत्रका सवाललाई समेटिएर तयार पारिएको ज्ञापनपत्र १० वटै पालिकालाई बुझाइएकाे हाे ।

जसअन्तर्गत जिल्लाकाे मंगलसेन नगरपालिकालाई पनि ज्ञापनपत्र पत्र बुझाइएको नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य लक्ष्मी बोगटीले   जानकारी दिनुभयो ।

शिक्षण सिकाइ सुधार गर्न शैक्षिक अवस्थाको अनुगमन, अध्ययन, अनुसन्धान गर्नुपर्ने, शिक्षामा बजेट बढाउनुपर्ने लगायतका माग समेटिएको ज्ञापनपत्र नगरप्रमुख पदम बहादुर बोहरा,उपप्रमुख संगीता सोडारी,शिक्षा शाखाका दिपक भण्डारी लाई   बुझाइएको हाे ।

ज्ञापनपत्र बुझाउने कार्यक्रम नेविसंघ केन्द्रीय सदस्य लक्ष्मी बोगटी , जिल्ला सचिव राम प्रसास भाट,नेपाल नेपाल विद्यार्थी संघका नेता मदन बिष्ट  लगायतको उपस्थिति रहेकाे थियोे ।

ज्ञापनपत्र बुझाउन नेविसंघले सबै पालिकामा आफ्ना प्रतिनिधि समेत खटाएको थियोे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *