रंगशाला निर्माणको काम रोकियो, के भन्छ धुर्मुस-सुन्तली फाउण्डेसन..?

रंगशाला निर्माणको काम रोकियो, के भन्छ धुर्मुस-सुन्तली फाउण्डेसन..?

जनस्तरबाट निर्माणकार्य सुरु गरिएकाे गाैतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक समस्या भएको जनाएको छ। रंगशाला निर्माण गरिरहेको धुर्मुस-सुन्तली फाउण्डेसनले रंगशालालाई पूर्णता दिन आर्थिक समस्याका कारण निर्माणको काम साउन १५ गतेदेखि रोकिएको बताएको छ  ।

कोरोना भाइरसको महामारीको असरले सहयोग संकलन पनि घट्दा समस्या भएको बताएको छ ।  हालसम्म रंगशाला निर्माणका क्रममा १६ करोड रूपैयाँ ऋण लागेको फाउण्डेसनका अध्यक्ष सीताराम कट्टेल ‘धुर्मुस’ ले बताएका छन् । यतिबेला मैदान व्यवस्थापनको काम भइरहेको भए पनि संरचना थप गर्ने काम अघि बढाउन नसकिएको धुर्मुसले बताएका छन् ।

फाउण्डेसनका अनुसार रंगशालाको निर्माण कार्य ३५ प्रतिशत सकिएको छ।  बोलकबोल रकम उठेर सरकारको सहयोग प्राप्त भए एक वर्ष भित्रमा सबै काम सकिने फाउण्डेसनले बताएको छ ।  २०७५ सालको माघमा निर्माणको घोषणा गरिएको रंगशालाको संरचना निर्माणको काम गत वर्ष सुरू गरिएको थियो।

हालसम्म रंगशाला निर्माणमा ५४ करोड ६२ लाख रूपैयाँ खर्च भएको भए पनि  रंगशाला निर्माणका लागि  ३८ करोड ३४ लाख मात्रै सहयोग प्राप्त भएको फाउण्डेसनले जनाएको छ ।

सहयोग संकलनका लागि गरिएको धनधान्याचलमा ६९ करोड रूपैयाँभन्दा बढी सहयोग बोलिए पनि आधा रकम पनि संकलन भएको छैन। सहयोग बोल्ने सरकारी निकायलेसमेत रकम हस्तान्तरण गरेका छैनन्। सरकारी निकायलेमात्रै ५१ करोड १२ लाख ३० हजार ८३२ रूपैयाँ सहयोग घोषणा गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *