मोरिससविरुद्ध नेपालको जित

मोरिससविरुद्ध नेपालको जित

काठमाडौं: मोरिसससंगको मैत्रीपुर्ण खेलमा नेपाली फुटबल टोलीले जित हासिल गरेको छ । सनिबार भएको पहिलो मैत्रीपूर्ण खेलमा विमल घर्तिमगरको निर्णायक गोलको मदतले नेपाल मोरिससलाई १—० गोलले पराजित गर्न सफल भएको हो ।

दशरथ रंगाशालामा ५५ औं मिनेटमा गोल गर्दै युवा खेलाडी विमलले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । अन्जन बिष्टको लङ पासमा बिमलले गरेको उक्त गोलनै नेपालको जितका लागि निर्णायक बन्यो ।

मोरिससविरुद्धको खेलबाट नै जगजित श्रेष्ठले पनि राष्ट्रिय टोलीमा पुनरागमन गरेका छन् । उनी खेलको ६०औं मिनेटमा सुनिल बलको ठाँउमा मैदान प्रवेश गरेका थिए । सन् २०१७ मा फिलिपिन्स विरुद्ध विश्वकप छनोट खेलेर अष्ट्रेलिया गएका जगजित हरेक वर्ष लिग खेल्न नेपाल आउने गर्छन । अहिले पनि लिग खेलिरहेका उनले राष्ट्रिय टोलीमा स्थान बनाउँदै करिब पाँच वर्ष पछि अन्तर्राष्ट्रिय खेल खेलेका हुन् ।

सातदोबाटो युथ क्लबबाट ए डिभिजन लिग खेलीरहेका मिडफिल्डर सुदिप गुरुङले यसै खेलमार्फत अन्तर्राष्ट्रिय खेलमा डेब्यु गरेका छन् । खेलको ८३औं मिनेटमा सुरज जिउ ठकुरीको स्थानमा मैदान प्रवेश गर्दै उनले राष्ट्रिय टोलीबाट डेव्यु गरेका हुन् । यस्तै, सातदोबाटोकै आकाश बुढामगरले पनि राष्ट्रिय टोलीमा डेव्यु गरेका छन् । उनले खेलको इन्जरी समयमा तेज तामाङको स्थानमा मैदान प्रवेश गर्दे डेव्यु गरे ।

मोरिसससँगकै दोस्रो खेल मंगलबार दशरथ रंगशालामै हुने छ ।

Leave a Reply