वन पैदावर सम्बन्धी अछाम प्रहरीले गर्‍यो : अनुशिक्षण कार्यक्रम 

वन पैदावर सम्बन्धी अछाम प्रहरीले गर्‍यो : अनुशिक्षण कार्यक्रम 

अछाम : जिल्ला  प्रहरी कार्यालय अछामको आयोजनामा
बन पैदावरको ओसारपसार सम्बन्धमा कानुनी ब्यवस्था तथा अबैध बन पैदावर  ओसारपसार रोक्न प्रहरीको भुमिका बारेमा अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला प्रहरी कार्यालय मातहतका राजमार्ग अन्तर्गत  सम्पुर्ण युनिटका इन्चार्ज हरुको उपस्तिथिमा भएको अनुशिक्षण कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले राष्ट्रको अमुल्य सम्पत्तीको रुपमा रहेको वन्यजन्तु तथा जैविक विविधताको जगेर्ना गर्नु सबैको कर्तव्य रहेको बताउनुभयो । जैविक विविधता र वन्यजन्तुको संरक्षण पर्यावरणीय सन्तुलनका लागि समेत महत्वपूर्ण रहने चर्चा गर्दै यसको संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य रहने बताउनुभयो । त्यस्तै उहाँले वन्यजन्तु तथा वनस्पतीको चोरीसिकारी तथा तस्करीले अर्थतन्त्र तथा पर्यावरणमाथि चुनौति थपिएको बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले कार्यक्रमको उदेश्य सहित स्वागत मन्तव्य राख्नुभएको थियो । त्यस्तै पाठकले राज्यले सुम्पिएको जिम्मेवारी निर्वाहमा नेपाल प्रहरी उच्च मनोवलकासाथ कृयाशिल रहेको उल्लेख गर्नुभयो । पछिल्लो समय अछामका विभिन्न बन हरूबाट
वन्यजन्तु चोरी सिकारी, तस्करी ,जडिबुटीको अबैध तस्करीका गुनासा नागरिकहरुबाट आइरहेकोले वन र वन्यजन्तु अपराध नियन्त्रणका लागी सक्रिय भएर लाग्न  सम्पुर्ण युनिटका इन्चार्जहरुलाइ निर्देशन दिनुभयो । साथै कार्यक्रममा विभिन्न युनिटका इन्चार्ज हरुले आफ्नो ठाउँमा भए गरेका गतिविधिका बारेमा जानकारी गराएका थिए ।

डिभिजन बन कार्यालय अछामका प्रमुख जनक पाध्यायले बन ऐन ,बन पैदावर ,गैर काष्ठ बन पैदावार सम्बन्धि जानकारी गराउनु भएको थियो । त्यस्तै कार्यक्रममा उपस्थित सरोकारवाला हरुले  बन र प्रहरी बीच समन्वय सहकार्य गरि बन बाट हुने चोरीपैठारी एवं  बन्यजन्तुहरु माथि हुने अपराधीक गतिविधिलाई नियन्त्रण गर्नुपर्ने बताएका थिए ।

वन्यजन्तु सम्बन्धी अपराध गर्ने वा अपराधमा संलग्न हुने व्यक्तिलाई हुने सजाय सम्बन्धी कानूनी व्यवस्थाको बारेमा डिभिजन बन कार्यालयका प्रमुख पाध्यायले जानकारी गराएका थिए । कार्यक्रममा डिभिजन बन कार्यालय अछामका अधिकृत बिमल चन्द लगायत जिल्ला स्थित सुरक्षा निकायको उपस्थित रहेको थियो  उक्त कार्यक्रमको संचालन प्रहरी निरीक्षक राजेन्द्र साउदले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *