काङ्ग्रेस संगठन सुदृढ यात्रा कर्णालीको मुगुमा,नेताकार्यकर्ताले भने यो अभियानले थप उर्जा जगायो

काङ्ग्रेस संगठन सुदृढ यात्रा कर्णालीको मुगुमा,नेताकार्यकर्ताले भने यो अभियानले थप उर्जा जगायो

नेपाली कांग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले संगठन सुदृढीकरण यात्रा गरिरहेका छन् ।

शाहीले पार्टीको संगठन सुदृढीकरण गर्नका लागि कर्णालीका दश वटै जिल्लाका प्रत्येक गाउँगाउँमा पुगेकाछन ।

‘पार्टीलाई राम्रो बनाउने हामी सबैको दायित्व हो, यसलाई आत्मसात् गर्दै कांग्रेस  संगठन सुदृढ यात्रा गर्न थालेको नेता  शाहीले बताए ।

संगठन सुदृढीकरण यात्रा अन्तर्गत मंगलबार मुगु जिल्लामा कार्यक्रम सम्पन्न भएको छ । मुगु जिल्लामा नेता शाहीलाई भव्य स्वागत सहित कार्यक्रम आयोजना गरिएको थियो ।

कांग्रेसको गौरवपूर्ण इतिहासलाई कायम राख्न अनुभवी पुस्तालाई सम्मान र वर्तमान पुस्ताको ऊर्जालाइ अभिवृद्धि गर्नु अभियानको उद्देश्य रहेको शाहीले बताए। यात्राका क्रममा अग्रज पुस्तादेखि युवा पुस्तासम्मको भेटघाट, छलफल, बहस, अन्तरक्रियाको माध्यमबाट पार्टीलाई भावनात्मक रुपमा एकताबद्ध बनाउने प्रयास गरिने उनले बताए। कार्यक्रममा बोल्ने नेताकार्यकर्ताले यो अभियानले आफू हरुमा संगठन निर्माण गर्न थप उर्जा मिलेको बताएका थिए ।

पार्टीलाई जनतासँग र जनताको भावनालाई पार्टीसँग जोड्न यो अभियानले भूमिका खेल्ने नेपाली काङ्ग्रेसका महासमिति सदस्य बिनोद शाही ठकुरीले बताए।

Leave a Reply