नेपाल र बंगलादेशको दोस्रो मैत्रीपूर्ण खेलको लाईभ यसरी हेर्नुस

नेपाल र बंगलादेशको दोस्रो मैत्रीपूर्ण खेलको लाईभ यसरी हेर्नुस

काठमाडौ : नेपाल र बंगलादेशबीचको दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल आज हुँदैछ । ढाकास्थित बंगबन्धु रंगशालामा हुने खेल नेपाली समायानुसार अपराह्न ४:४५ बजे सुरु हुनेछ । ‘मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ अन्तर्गत रहेको दोस्रो मैत्रीपूर्णमा नेपाल जित निकाल्ने लक्ष्यमा हुनेछ ।

पहिलो खेलमा पराजित नेपाल दोस्रो खेलमा जित निकाल्दै मैत्रीपूर्ण खेलको सुखद अन्त्य गर्न चाहन्छ । शुक्रबार भएको पहिलो खेलमा नेपाल बंगलादेशसँग २-० ले पराजित भएको थियो । नेपाल त्यस हारको बदलासमेत लिन चाहन्छ । नेपाली टिमका मुख्य प्रशिक्षक बल गोपाल महर्जनले जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने बताएका छन् ।

बंगलादेशविरुद्धको दोस्रो खेलमा रजिन धिमाल सुरुवाती-११ रहँदै मैदान उत्रने सम्भावना रहेको छ । कोरोना पोजेटिभ देखिएपछि धिमालले अघिल्लो खेल गुमाएका थिए । धिमाल कोरोना मुक्त भईसकेका छन् । यता, बंगलादेश भने नेपालविरुद्ध लगातार दोस्रो खेलमा जित निकाल्न चाहन्छ ।

यस्तै बंगलादेश जित निकाल्दै ‘मुजिब वर्ष फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिज’ को ट्रफी आफैँ राख्न चाहन्छ । फिफा विश्वकप छनोटको दोस्रो चरण खेलिरहेको नेपालले तयारीका लागि मैत्रीपूर्ण खेल खेलिरहेको हो । कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी रहेको छ । अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग खेल्न बाँकी रहेको छ ।

लाईभ हेर्न पाईने
बंगबन्धु रंगशाला ढाकामा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजे हुनेछ। आजको खेल दर्शकले रंगशालामै गएर हेर्न पाउने छन्। बंगबन्धु रंगशालामा हुने खेलको प्रत्यक्ष प्रसारण बंगलादेशको राष्ट्रिय टेलिभिजनबाट हुनेछ। त्यस्तै युटुबमा टि स्पोट्स र हाम्रो वेबसाईटबाट समेत हेर्न सकिनेछ ।

नेपाली टोली : अजित भण्डारी, अनन्त तामाङ, अञ्जन विष्ट, एरिक विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दीप कार्की, दिलेन लोक्तन, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रञ्जित धिमाल, रवी पासवान, सरोज दाहाल, सेसेहाङ आङ्देम्बे, सुवास गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, तेज तामाङ र छिरिङ गुरुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *