यी ६ नेपाली कलाकार भारतमा चर्चा कमाउन सफल भए

यी ६ नेपाली कलाकार भारतमा चर्चा कमाउन सफल भए

उदित नारायण झा

चर्चित गायक उदित नारायण झाको जन्म नेपालमा भएको हो। उनको जन्म सन् १९६५ मा नेपालको सप्तरीमा भएको थियो। उनका पिता हरिकृष्ण झा नेपाली हुन् भने उनका माता भुवनेश्वरी झा भारतीय नगरीक हुन्। उनी नेपाली कथानक चलचित्र ‘कुसुमेरुमाल’को अभिनय पछि बलिउडको नायक बन्न भारत प्रस्थान गरेका थिए। तर उनको अभिनयलाई खासै रुचाइएन त्यस पछि उनी गायन तर्फ लागे उनलाई गायनले नै चर्चाको शिखरमा पुऱ्यायो। उने १५ हजार भन्दा बढि गीतहरू गाइसकेका छन्।

उनले हिन्दी चलचित्रको ‘कयामत से कयामत तक’बाट बलिउड गायन क्षेत्रमा आफ्नो यात्रा सुरु गरेका थिए। उने करिब १० वर्ष अघि भारतको सम्माननीय ‘पद्मावति अवार्ड’ पनि पाएका थिए। यो सँगै उनले कयौँ अवार्डहरू हात पारिसकेका छन्। साथै उनले दर्जनौं चर्चित नेपाली गीतहरू पनि गाएका छन्। अहिले झाका छोरा आदित्य नारायण झा पनि बलिउडमा अभिनय, गायन साथै कार्यक्रम सञ्चालकको रुपमा चर्चित भएका छन्।

मनिषा कोइराला

बलिउडमा आफ्नो पहिचान बनाउन सफ मनिषा कोइरालाको जन्म १९७० मा नेपालको काठमाडौंमा भएको थियो। नेपालको पहिलो निवार्चीत प्रधानमन्त्री बिपि कोइरालाकी नातिनी मनीषा प्रकाश कोइराला र सूस्मा कोइरालाकी छोरी हुन्। मनिषा कोइरालाले सन १९८९ बाट चलचित्र क्षेत्रमा यात्रा सुरु गरेकी हुन्।

नेपाली फिल्मले भने जस्तो सफलता पाउन नसके पछि उनी एक वर्ष पछि भारतीय फिल्म ‘साउदागर’ बाट बलिउडमा प्रवेश गरिरहेकी थिइन्। उक्त फिल्म सुपरहिट भयो र उनको बलिउड यात्रा पनि सुखद बन्यो। त्यस पछि उनले दर्जनौँ भारतीय फिल्ममा अभिनय गरेकी छिन्। उनले अभिनय गरेको धेरै फिल्महरू सफल भएका छन्।

सुनिल थापा

प्राय जसो नेपाली फिल्ममा नकरात्मक अभिनयमा देखिने सुनिल थापाले बलिउडमा आफ्नो स्थान जमाउन सफल भएका छन्। उनले भारतमा फोटो पत्रकारका रुपमा पनि काम गरि सकेका छन्। यही क्रममा उनको भेट बलिउड कलाकार सँग हुने गथ्र्यो।

त्यही कारण उस्लाई बलिउड चलचित्र ‘एक दुजे के लेई’मा अभिनय गर्ने अवसर मिल्यो। त्यस पछि सन् २०१४ मा उनले बलिउड प्रसिद्ध नायिका प्रियंका चोपडा सँग मेरी ‘ओम’ चलचित्रमा अभिनय गरेका छन्। सुनिल थापालाई पनि बलिउडमा सफ भएको अभिनेताको रुपमा लिने गरिन्छ।

उषा पौडेल

उषा पौडेलको जन्म नेपालमा भएको हो। उषालाई बलिउड टिभी सिरियलका चर्चित अभिनेत्रीको रुपमा चिन्ने गरिन्छ। जय जय बजरङ्ग बली, अदालत, तुझ सँग प्रित लगाई सजना, चिन्टु छिन्की अर एक बढी सि लभ स्टोरी जस्ता चर्चित सिरियलमा अभिनय गरेका छन्। भने उनले दर्जनौ नेपाली चलचित्रमा पनि अभिनय गरेकी छिन्। साथै उनले उत्कृृष्ट अभिनेत्रीको पुरस्कार पनि हात पार्न सफल भएकी छिन्।

तेरिया मगर

तेरिया मगरको जन्म नेपालको रुपन्देमा भएको हो। उनको पूरा नाम तेरिया फौजा मगर हो। उनलाई चर्चित डान्सरको रुपमा पनि चिन्ने गरिन्छ। उनी भारतको चर्चित डान्स रियालीटि सो ‘डान्स इन्डिया डान्स’को विजेता साथै भारतीय टेलिभिजन च्यानल कार्यक्रम ‘झलक दिखला जा सिजनको ९’ को विजेता पनि हुन्। उनले ‘झलक दिखला’ जामा सलमान युसुफ खान र सान्तनु महेश्वरि लाइ पछि पार्दै पहिलो स्थान ओगट्न सफल भएकी हुन्।

भोला राज सापकोटा

भोलाराज सापकोटाको जन्म नेपालको हेटौडामा भएको हो। उनले सन् २०१२ प्रदर्शन भएको लोकप्रिय बलिउड ब्लकबास्टर फिल्म ‘बर्फी’मा अभिनय गरेका छन्। उनले यस चलचित्रमा बलिउडका चर्चित अभिनेता रणविर कपुर र अभिनेत्रि प्रियंका चोपडा सँग अभिनय गरेका छन्। सापकोटा अहिले पनि नेपालि नाटक र अभिनयमा ब्यस्त छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *