सुदूरको देउडालाई सिड्नीसित जोड्ने ‘श्रृंखला’

सुदूरको देउडालाई सिड्नीसित जोड्ने ‘श्रृंखला’

महेन्द्रनगर, १९ फागुन: सुदूरपश्चिमका चर्चित गायक नन्दकृष्ण जोशीले कुनै समय सुदूरपश्चिमका नागरिकहरु रोजगारीका लागि भारतको बम्बै लगायतका शहर जाँदा खाली हुने यहाँका गाउँ बस्तीको पीडा र यर्थातलाई देउडा भाकामा पस्किएको दशकौं पछि उहाँकी सुपुत्री श्रृंखला जोशीको ‘सिड्नी झाने रेल’ ले यतिबेला बजार तताएको छ ।
अष्टे«लियाको सिड्नीमा रहेकी श्रृंखलाले सिड्नीमा पनि सुदूरपश्चिमको उपस्थिती बाक्लो देख्नुका साथै बुवा नन्दकृष्णको ‘बम्बै झाने रेल’ लाई रिमेक गरेर दुई साताअघि ‘सिड्नी झाने रेल’ म्युजिक भिडियो बजारमा ल्याएकी हुन ।
“ सुदूरका नागरिक कर्मथलो बनाउने बम्बै अनि बुवाले गाउनुभएको बम्बै झाने रेललाई सिड्नी झाने रेलसम्म पु¥याए ।” उहाँले भन्नुभयो–“ सिड्नीमा पनि सुदूरको झ–झल्को आउने गरी पश्चिमेली देखेपछि सिड्नीको रेल ल्याउन तल्लीन भए ।”
नयाँ शैली र शब्द संयोजन गरेर ल्याएको आफ्ने गीतले देउडालाई थप परिचित गराएको उहाँको भनाई छ । “ गित÷संगीत रमाइलो संगै संस्कृति जर्गेनाको महत्वपूर्ण पक्ष पनि हो ।” उहाँले भन्नुभयो–“ आफू जहाँ भएपनि आफ्नो संस्कृति जोगाइ राख्नुपर्छ भन्ने हो ।”
रमन झाले निर्देशन गरेको उक्त गीतमा भुपेन्द्र सिंह र पुर्णिमा सिंह शाहीले अभिनय गरेको म्युजीक भिडियो अष्टे«लियाका विभिन्न शहरमा छायांकन भएको छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *