असमर्थ

असमर्थ

दलित दाइले
के बनाएनन् ?
नाङ्गालाई
लुगा बनाइदिए
लाउन जुत्ता बनाइदिए
खन्न औजार बनाइदिए
खान भाँडा बनाइदिए
सुन्न सङ्गीत बनाइदिए
संसार चलाउन भगवान पनि बनाइदिए
तर
यार
दलित दाइले
मान्छेलाई मान्छे
बनाउन सकेनन् !

लेखक: राज बस्नेत 

– खोटाङ

Leave a Reply