ट्रेड युनियन काङ्ग्रेस अछामका अध्यक्ष बजगाईद्वारा जन्मदिनमा कैदिबन्दीलाई टेलिभिजन बितरण

ट्रेड युनियन काङ्ग्रेस अछामका अध्यक्ष बजगाईद्वारा जन्मदिनमा कैदिबन्दीलाई टेलिभिजन बितरण

नेपाल ट्रेड युनियन काङ्ग्रेस अछामका अध्यक्ष चित्रराज बजगाइले आफू र आफ्नो धर्मपत्नी गंगा देबि बजगाइको जन्मदिनको अवसरमा जिल्ला कारागार अछाममा टेलिभिजन उपलब्ध गराएका छन् ।

कैदिबन्दि हरुले टेलिभिजनको माग गरेपछि जन्मदिनको अवसरमा एक कार्यक्रमका बिच टेलिभिजन हस्तान्तरण गरिएको हो ।

महिला कैदीबन्दी र पुरुष कैदीबन्दिलाई एकएक सेट टेलिभिजन उपलब्ध गराएको ट्रेड युनियन काङ्ग्रेस अछामका अध्यक्ष बजगाइले जानकारी दिए ।

जेलजिवन बिताईरहँदा नकारात्मक भन्दा सकारात्मक सोच लिनका लागि टेलिभिजन उपयोगि साधन हुने प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले बिश्वास ब्यक्त गर्नुभयो ।
त्यस्तै उहाँले कैदीबन्दीले मनोबल नगिराई कारागारबाट एउटा असल समाजसेविको रुपमा चिनिनुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुवरले कारागार एउटा सुधार केन्द्र भएकाले अन्जानमा भएका गल्तीलाई सुधार्ने थलो पनि कारागार भएको बताउनुभयो  । त्यस्तै उहाँले २१ औ शताब्दीमा पनि कारागारका कैदीबन्दी सुचना र प्रविधिबाट बञ्चित भएकाले सुचनाको हकको प्रत्याभुत दिलाउन टेलिभिजन बितरण गरेकोमा धन्यवाद दिनुभयो । कार्यक्रममा जिल्ला नेपाली काङ्ग्रेस अछामका कार्यवाहक सभापति नयाँराम बजगाइ,महासमिति सदस्य पदमराज अधिकारी ,पार्टी सचीव टक्कर शाह  क्षेत्रीय सभापति पुष्पराज शर्मा ,महाधिवेशन प्रतिनिधि नमबहादुर शाही ,पार्टी प्रबक्ता पदम बहादुर शाह,जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक राजेन्द्र साउद  ,जिल्ला प्रशासन कार्यालय अछामका नायब सुब्बा बिनोद खनाल लगायतको उपस्तिथि रहेकोे थियो ।

Leave a Reply