बिग ब्यास : पहिलो खेलमै सन्दीपले चट्काए २ विकेट, होबार्टले २१ रनले विजयी

बिग ब्यास : पहिलो खेलमै सन्दीपले चट्काए २ विकेट, होबार्टले २१ रनले विजयी

काठमाडौं : अस्ट्रेलियामा जारी बिग बास लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेआबद्ध होबार्ट हुरिकेन्सले मेलबर्न स्टार्सललाई पराजित गरेको छ  । शनिबार भएको खेलमा लामिछानेआबद्ध हुरिकेन्सले  ग्लेन म्याक्सवेलको कप्तानीमा रहेको मेलबर्न स्टार्सलाई २१ रनले हराएको छ ।

हुरीक्यान्सले दिएको १६५ रनको लक्ष्य पछाएको स्टार्सले २० ओभरमा ९ विकेट गुमाउदै १४३ रन मात्र बनाएको थियो । यस अघि हुरीक्यान्सले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाउदै १६४ रन बनाएको थियो । यो जितपछि हुरीक्यान्सको ७ खेलमा १८ अंक भएको छ र लिगको दोस्रो स्थानमा उक्लिएको छ ।

सन्दीप लामिछाने आफ्नो पूर्व क्लब मेलबर्न स्ट्रारविरुद्ध दुई विकेट लिन सफल भए । सन्दीपले खेलको छैटौं तथा आफ्नो पहिलो ओभरको चौथो बलमा हिल्टन काट राइटलाई बोल्ड आउट गरेका थिए । सन्दीपले पहिलो ओभरमा ११ रन खर्चदै एक विकेट लिन सफल भएका हुन् ।

उनले पहिलो ओभरमा दुई चौका पखि खाएका थिए । सन्दीपले आफ्नो दोस्रो ओभरमा ८ रन खर्चे । आफ्नो तेस्रो ओभरमा ९ रन खर्चिए । चौथो ओभरमा सन्दीपले ११ रन खर्चेर एक विकेट लिन सफल भए । सन्दीपले वेन डन्कको विकेट लिएका थिए । सन्दीपले चार ओभर बलिङ गरेर ३८ रन खर्चिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *