वर्षायाम सुरु भएसंगै मंगलसेन बजारको मुख्य सडक हिलाम्मे, नागरिकलाई जहिले सास्ती मात्र

अछाम : जिल्ला सदरमुकाम मंगलसेन बजारको मुख्य सडक हिलाम्मे हुँदा नागरिकलाई सास्ती भएको छ ।
अछाम बहुमुखी क्याम्पस जाने बाटो महालक्ष्मी विकास बैंक हुँदै जय नेपाल चोक सम्मको बाटो वर्षायाम नजिकिए संगै हिलाम्मे बनेको हो ।
मंगलसेन बजारको मुख्य सडक वर्षा याममा हिलाम्मे बनेपछि सडक मर्मतमा ध्यान नदिँदा सवारी साधन र आवतजावत गर्ने स्थानीय नागरिकले कष्टकर यात्रा गर्नु परेको भन्दै स्थानीयले तत्काल मर्मत गर्न माग गरेका छन् ।
मंगलसेन नगरपालिका नगर प्रमुख यही बाटो भएर दैनिक जसो यात्रा गर्छन । तर पनि उहाँलाई यो सडक मर्मत गर्नु पर्छ भन्ने कुनै चासो नभएको कुरा स्थानिय बताउँछन ।
२०७४ सालको पहिलो स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका मंगलसेन नगरपालिका नगर प्रमुख पदम बहादुर बोहरा २०७९ को निर्वाचनमा पनि पुनः एमाले बाट निर्वचित भएका थिए । मंगलसेन नगरको नेतृत्वको सम्हालेको ८ वर्ष बित्नै लाग्दा पनि मंगलसेन बजारको मुख्य सडकको अवस्था जिउँको तिउ हुदा मंगलसेन बासी निराश बनेका छन् ।