राष्ट्रिय सेवा दल जुनियर डिभिजनको प्रथम प्रवचन अछामको भैरव माबिमा सुरु

राष्ट्रिय सेवा दल जुनियर डिभिजनको प्रथम प्रवचन अछामको भैरव माबिमा सुरु
अछाम : श्री राष्ट्रिय सेवा दल पश्चिम तालिम शिक्षालय द्वारा संचालन हुने जुनियर डिभिजन सि•सं• ५१ NCC तालिमको प्रथम प्रवचन तुर्माखाद गाउँपालिका -३ भैरवस्थान स्थित भैरव   माध्यमिक बिधालयमा सुरु भएको छ ।

गोरख बक्स गण अछामका गणपति प्रमुख सेनानी संगम अधिकारीको विशेष उपस्थितमा प्रथम प्रवचनको सुरुवात गरिएको हो ।  असार  ६ गते गोरख बक्स गणका सेनानी अमृत खड्काको नेतृत्वको टोलिले उक्त बिधालयका ७० जना विद्यार्थीहरुलाइ प्रशिक्षण दिएको थियो । प्रशिक्षण पस्चात कक्षा ८ देखि १० कक्षा सम्मका १५ छात्र र १५ छात्रा गरि जम्मा ३० जना छनौट गरिएको हो ।

आर्थिक वर्ष २०८२/०८३ मा नेपालका ७७ वटै जिल्लाका २५७ वटा बिधालयहरुमा सिनियर १०८९ र जुनियर ६,६३०  गरि जम्मा ७,७१० जना छात्र छात्राहरुलाइ सहभागी गराइ
राष्ट्रिय सेवा दल तालिम संचालन गर्ने नेपाल सरकारको तयारी रहेको गोरख बक्स गणका गणपति प्रमुख सेनानी संगम अधिकारीले जानकारी दिनुभयो । युवाहरूलाई अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित नागरिक बनाउन तालिमको ठूलो महत्व रहेको उहाँको भनाइ छ ।

राष्ट्रिय सेवा दलको तालीममा उत्कृष्ट हुने क्याडेट छनौट गरि
भारत ,बंगलादेश ,भुटान ,पाकिस्तान,श्रीलंका र माल्दिभ्स
मा हुने विभिन्न कार्यक्रममा सहभागी गराउदै आएकोमा यो वर्ष सहभागी गराउन राष्ट्र र क्याडेट हरुको संख्या वृद्धि गराउने योजना समेत रहेको अधिकारीले बताउनुभयो ।

त्यस्तै १०० दिनसम्म संचालन हुने तालिममा क्याडेट हरुलाइ सैनिक कला अभ्यास ,शारीरिक तालीम अभ्यास ,विपद व्यवस्थापन तथा उद्वार प्याकेज ,ट्राफिक सचेतता ,लगायत विभिन्न कृयाकलापहरु संचालन गरिने छ ।

त्यस्तै कार्यक्रममा बोल्दै तुर्माखाद गाउँपालिका अध्यक्ष डम्बर बहादुर बिसिले विश्व परिवेशमा नैतिकवान, ऊर्जाशील, सृजनशील र देशभक्त युवाहरू देशको आवश्यकता रहेको कुरा बताउनुभयो ।

युवा जनशक्तिको महत्व र आवश्यकतालाइ मनन गरि

युवावर्गलाइ संगठित गर्दै राष्ट्र विकासको अभियानमा युवा वर्गको स्वस्फूर्त सहभागी जनाउने अभियान अनुरुप वि• स• २०२२ साल कार्तिक ७ गते नेपालमा राष्ट्रिय सेवा दलको स्थापना भएको हो ।

Leave a Reply