अछामबाट उत्कृष्ट उद्यमि को रुपमा रामारोशनका भरत बिष्ट सम्मानित

सुदुर पश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले अछाम रामारोशन गाउँ पालिका वडा नम्बर ४ भेरगाउँ निवासी विगत लामो समय देखि कृषि व्यावसायि गरिरहनु भएका युवा कृषि व्यावसायि भरत बिष्टलाई उत्कृष्ट उद्यमीका रुपमा सम्मानित गरेको छ ।
आज सुदुर पश्चिम प्रदेश समाजिक विकास मन्त्रालयले एक कार्यक्रमको आयोजना गरि विदेश बाट स्वदेश फर्केि स्वदेश मै श्रम तथा रोजगार को माध्यम बाट उधमशिलताको प्रवर्द्धन का लागि खेलेको भुमिका को उच्च मुल्यांकन गर्दै बिष्टलाई नगद सहित दोसल्ला र सम्मान पत्रले समान गरिएको हो ।
उत्कृष्ट उधमि सम्मान कार्यक्रम का प्रमुख अतिथि एवम् सुदुर पश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खड्कले बिष्टलाई सम्मान गर्नु भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि खड्काले आफ्नै देशमा केही गर्छु भन्ने र केही गरिरहेका उधमिलाई प्रोत्साहन स्वरुप मन्त्रालय सम्मान गरेको बताउनु भएको छ ।
लामो समय देशि कृषि व्यावसायमा आवद्ध बिष्ट पछिल्लो समय युवा पुस्ताका प्रेरणाका स्रोत बनेका छन । बिष्ट सहित समाजिक विकास मन्त्रालयले सुदुर पश्चिम का ९ वटै जिल्ला बाट 1 जना गरि ९ जना उत्कृष्ट उधमि लाई सम्मान गरेको छ। कार्यक्रम सुदुर पश्चिम प्रदेशका समाजिक विकास मन्त्री मेघराज खड्का राज्य मन्त्री सरस्वती खड्का प्रदेश सचिव हेमराज रेग्मी लगायतको सहभागी मा धनगढीमा सम्पन्न भएको हो ।