११ औं अन्तर्राष्ट्रिय योग दिवस अछाममा पनि मनाइयो

११ औं अन्तर्राष्ट्रिय योग दिवस अछाममा पनि मनाइयो

जिल्ला आयुवेर्द स्वास्थ्य केन्द्र अछामद्वारा ११ औं अन्तर्राष्ट्रिय योग दिवस मनाईएको छ । एक पृथ्वी एक स्वास्थ्यको लागि योग भन्ने नाराका साथ योग दिवस मनाइएको हो ।

जिल्ला आयुवेर्द स्वास्थ्य केन्द्र अछामका प्रमुख दिपकराज पन्तले योगको बारेमा जानकारी गराएको थिए ।  ,शारीरिक , मानसिक र लागु औषध दुर्यसनी सम्बन्धि  न्यूनीकरणमा योगको भुमिका बारेमा पन्तले चर्चा गरेका थिए । त्यस्तै योगले नसर्ने रोगको नियन्त्रण तथा रोकथाम गर्न महत्वपूर्ण भुमिका खेल्ने  उहाको भनाइ छ ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी आनन्द सारुले पछिल्लो समय व्यस्त जीवनशैलीले गर्दा मानिसमा शारीरिक र मानसिक स्वास्थ्य समस्या बढ्दै गइरहेको बताउनुभयो ।
योग भनेको शारीरिक, मानसिक र आध्यात्मिक अभ्यास भएकोले शारीरिक र मानसिक रुपमा स्वस्थ्य रहन योग गर्न जरुरी रहेको प्रजिअ सारुले बाताउनुभयो ।

कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियार, गोरख बक्स गण अछामका गणपति प्रमुख सेनानी संगम अधिकारी ,अछाम जिल्लाका प्रहरी प्रमुख प्रहरी  नायब उपरीक्षक इश्वरी प्रसाद भण्डारी ,काेष नियन्त्रक दिवसराज घिमिरे लगायत जिल्ला स्थित सरकारी कार्यालयका प्रमुख हरुको योग कार्यक्रममा सहभागीता रहेको थियो ।

पतन्जली योग समिति अछामका मुख्य प्रशिक्षक जयबहादुर बोगटी ,महामन्त्री बिशेश्वर प्रसाद ढुंगाना ,अछाम जिल्ला महिला प्रभारी गिता हमाल ,जिल्ला आयुवेर्द स्वास्थ्य केन्द्र अछामका योग प्रशिक्षक रुपेन्द्र बुढाले योग प्रशिक्षण गराएका थिए ।

Leave a Reply