१२ औँ खेलाडी बने भारतको जितमा नायक, आखिर कसरी ? पढ्नुहोस….

१२ औँ खेलाडी बने भारतको जितमा नायक, आखिर कसरी ?  पढ्नुहोस….

भ्रमण टाेली भारतले टी-२० क्रिकेट सिरिजको पहिलो खेलमा अष्ट्रेलियालाई ११ रनले पराजित गरेकाे हाे । भारतले दिएकाे १ सय ६२ रनको लक्ष्य पछ्याएकाे अष्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५० रन मात्र बनाउन सक्याे ।

जसका लागि कप्तान आरोन फिन्चले सर्वाधिक ३५ रन बनाए । त्यस्तै डाअर्सी शर्टले ३४, मोइसेस हेनरिक्सले ३०, स्टिभ स्मिथले १२, सीन एबटले १२ रन बनाए भने ग्लेन म्याक्सवेल २ रनमा आउट भए । बलिंग तर्फ टी नटराजन र  युजेन्द्र चहलले समान ३/३ विकेट लिए भने दीपक चहरले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनायो । उसका लागि विकेटकिपर केएल राहुलले सर्वाधिक ५१ रन बनाए । त्यस्तै रवीन्द्र जडेजाले ४४ रन ,सञ्जु सामसनले २३, हार्दिक पाण्ड्याले १६, कप्तान विराट कोहलीले ९, वासिङटन सुन्दरले ७, मनिष पाण्डेले २ र शिखर धवनले १ रन बनाए । बलिङमा मोइसेस हेनरिक्सले ३, मिचेल स्टार्कले २, मिचेल स्वीपसेन र एडम जम्पाले एक/एक विकेट लिए ।

१२ औँ खेलाडी बने भारतको जितमा नायक
टी-२० सिरिजको पहिलो खेलमा भ्रमण टाेली भारतलाई जित दिलाउन ‘कनक्सन’नियमअनुसार मैदान छिरेका युजवेन्द्र चाहलले उत्कृष्ट बलिङ गरे । उत्कृष्ट ब्याटिंग गरेका रवीन्द्र जडेजा  खेलका क्रममा घाइते भएपछि मात्रै मैदानमा प्रवेश गर्दै ‘म्यान अफ द म्याच’समेत घोषित भएका चाहलले ४ ओभरमा २५ रन दिएर ३ विकेट लिए ।

चहललाई ‘कनक्सन’नियमअनुसार प्लेइङ-११ मा समावेश गरिएको थियो । आईसीसीको नयाँ नियमअनुसार यदि खेलाडीको टाउकोमा चोट लाग्छ भने उनको स्थानमा अर्को खेलाडीले खेल्न पाउने अवसर प्राप्त हुन्छ । जसअनुसार चहलले पनि जडेजाको स्थानमा मौका पाए । र, उत्कृष्ट प्रदर्शन गरे । यसअघि घाइते भएको खेलाडीको स्थानमा मैदान प्रवेश गर्ने खेलाडीले फिल्डिङ गर्ने मात्र नियम थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *