अछामको कैलाश खोलाबाट जुवातास खेलिरहेका ६ जना प्रकाउ

अछाम:अछामको कैलाश खोलाबाट जुवातास खेलिरहेका ४ जना प्रकाउ छन् ।शनिबार साझ बान्नीगढी जयगढ गाउँपालिका ४ स्थित दिर्घ साउँदको पुरानो घर (छाना) मा जुवातास खेलिरहेका छन भन्ने गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यलयबाट प्रहरी निरीक्षक टेक बहादुर देउवाको कमाण्डमा प्रहरी टोलीजुवातास खेलिरहेको अवस्थामा ६ जनालाई नियन्त्रणमा लिएको अछाम प्रहरीले जनाएको छ।
प्रकाउ पर्नेमा अछाम बान्निगढी जयगढगाउँपालिका ४ तिमिल्सैन बस्ने ४१ बर्षिय खेमराज शर्मा, वडा नं २ का ५५ बर्षिय गणेश बहादुर साउँद,कैलाश खोला बस्ने ५१ बर्षिय एकेन्द्र धामी,मंगलसेन नगरपालिका वडा नं. ९ ओलिगाउँ बस्ने ३५ बर्षका छत्र बिक्रम रावल, मंगलसेन ५का ४२ बर्षका तेज प्रसाद ढुंगाना र मंगलसेन ४ ढल्लेगाउँ बस्ने बर्ष ४० बर्षका दिपेन्द्र शाह रहेका छन। उनिहरुको साथबाट नगद १८ हजार ९५ रुपैया र २ थान तास गड्डी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक इश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो ।