दशैँ नजिकिदै गर्दा बढ्यो सुनको भाउ

दशैँ नजिकिदै गर्दा बढ्यो सुनको भाउ

नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको हो ।

मूल्य बढेर छापावाला सुन प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाला सुन प्रतितोला ९४ हजार आठ सय रुपैयाँ रहेको थियो ।

तेजावी सुन प्रतितोला ९५ हजार एक सय रुपैयाँ रहेको छ । चाँदी एक हजार दुई सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पनि मूल्य बढेर सुन प्रतितोला एक हजार ९ सय ३० डलर हाराहारीमा किनबेच भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *