लेखापाल वलिको बिदाइ तथा फेरि भेटौला कार्यक्रम सम्पन्न

लेखापाल वलिको बिदाइ तथा फेरि भेटौला कार्यक्रम सम्पन्न

अछाम : काेष तथा लेखा नियन्त्रण  कार्यालय अछाममा कार्यरत लेखापाल नवराज वलिको बिदाइ तथा फेरि भेटौला कार्यक्रम सम्पन्न भएको छ ।

बिगत ५ वर्ष देखि अछामका विभिन्न सरकारी कार्यालय हरुमा लेखा क्षेत्रमा काम गरेका ओलि हाल कोलेनिका अछाममा कार्यरत रहेका थिए ।

शाखा अधिकृतमा सिफारिसमा भएपछी वलिको एक कार्यक्रमका बीच बिदाइ गरिएको हो ।

कार्यक्रममा वलिलाइ विभिन्न कार्यालयका कर्मचारीहरुले नेपाली ढाका टोपी, फुलमाला,अबिर र खादाले सम्मान सहित बिदाई गरेका थिए ।

बिदाई कार्यक्रममा बोल्दै काेष तथा लेखा नियन्त्रण कार्यालय अछामका प्रमुख काेष नियन्त्रक नरेश भट्टले वलिमा एक असल राष्ट्रसेवक कर्मचारीमा हुने गुण भएको बताए । शान्त, सरल स्वभावका ऊनी कार्यसम्पादनमा अब्बल ब्याक्ति भएको भन्दै प्रसंशा गरेका थिए । साथै उनले आगामी कार्यकालको शुभकामना समेत व्यक्त गरेका थिए ।

                     

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *