दशैँ नजिकिदै गर्दा बढ्यो सुनको भाउ
![Avatar photo](https://www.sadakmedia.com/wp-content/uploads/2021/02/SADAK-LOGO-3-60x60.png)
सडक मिडिया
आश्विन २५, २०७७ १५:१८:१६ • ६९२ पटक पढिएको
![दशैँ नजिकिदै गर्दा बढ्यो सुनको भाउ](https://www.sadakmedia.com/wp-content/uploads/2020/08/Gold_rate_july_175979-e1564728580528.jpg)
नेपाली बजारमा सुनको मूल्य बढेको छ । आइतबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको हो ।
मूल्य बढेर छापावाला सुन प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार छापावाला सुन प्रतितोला ९४ हजार आठ सय रुपैयाँ रहेको थियो ।
तेजावी सुन प्रतितोला ९५ हजार एक सय रुपैयाँ रहेको छ । चाँदी एक हजार दुई सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पनि मूल्य बढेर सुन प्रतितोला एक हजार ९ सय ३० डलर हाराहारीमा किनबेच भइरहेको छ ।
सिफारिस