नेपाल शिक्षक संघ अछामको महिला विभागले मनायो हरितालिका तिज।

नेपाल शिक्षक संघ अछामको महिला विभागले मनायो हरितालिका तिज।

अछाम । नेपाल शिक्षक संघ अछामका महिला शिक्षकहरुले हरितालिका तिजको अवसरमा जिल्ला स्तरिय तिज विशेष शुभकामना आदानप्रदान कार्यक्रम गरेका छन।

सदरमुकाम मंगलसेनको होटल हिल भ्यू मा आयोजित कार्यक्रम नेपाल शिक्षक संघ महिला बिभागले आयोजना गरेको हो । शिक्षक संघ महिला उपाध्यक्ष तथा महिला बिभाग प्रमुख सारदा रावल चलाउनेको अध्यक्षतामा कार्यक्रम संचालन भएको  थियो।

प्रमुख अतिथि नेपाल शिक्षक संघ सुदुर पश्चिम प्रदेश समिति उपाध्यक्ष सुनिता थापाले महिलाहरू दोहोरो जिम्मेवारी पूरा गरेर पनि कार्यक्षेत्रमा अब्बल देखिन थालेकोमा खुसी व्यक्त गर्नुभयो ।

बिशिस्ट अतिथि नेपाली काङ्ग्रेस अछामका कार्यबाहक सभापति नयाराम बजगाइले पछिल्लो समयमा महिलाहरू नेतृत्वमा स्थापित हुने क्रम बढेको बताउनुभयो ।

नेपाली काङ्ग्रेस महासमिती सदस्य एवम शिक्षक संघ का पुर्ब अध्यक्ष पदमराज अधिकारीले हरितालिका तिज सामाजिक प्रेम र सदभावको पर्व रहेको बताउदै आफु लागि परेको कार्य क्षेत्रमा आउने हरेक कठिनाइ संग जुझेर अगाडि बढन सके मात्रै संगठन सहित ब्यक्ती पनि मजबुत रहने बताउनु भयो।

महिला नेतृ निर्मला रावलले नेपाल शिक्षक संघ को उर्जा हराएको अनुभुतीमा शिक्षक संघ अछामका अध्यक्ष नबेन्द्रराज जोशीले जोश र जागरका साथ नेपाल शिक्षक संघ चलायमान हुने बताउनु भयो।

बसन्ती बिष्ट को स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा शिक्षक संघका शिक्षक शिक्षिकाहरुको जमघटमा एक आपसमा शुभकामना आदान प्रदान,नाचगान सहित दर को आयोजना गरि नेपाल शिक्षक संघ अछाम को तिज विशेष कार्यक्रमको समापन गरिएको थियो।

Leave a Reply