कर्मचारी संगम अछामद्वारा जिल्ला न्यायाधीश ढुंगाना लगायत अन्य कार्यालय प्रमुखको स्वागत

कर्मचारी संगम अछामद्वारा  जिल्ला न्यायाधीश ढुंगाना लगायत अन्य कार्यालय प्रमुखको स्वागत

अछाम : कर्मचारी संगम  अछामको आयोजनामा अछाम जिल्ला अदालतमा सरुवा भएर आउनुभएका श्रीमान जिल्ला न्यायाधीश प्रकाश ढुंगानाको स्वागत गरिएको छ ।

संगगमका अध्यक्ष झनक ढुंगानाको अध्यक्षतामा भएको
स्वागत कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले खादा ,अबिर लगाएर स्वागत गर्नुभएको थियो । त्यस्तै अछाम जिल्ला नापी कार्यालयमा सरुवा भएर आउनु भएका कार्यालय प्रमुख बिदुर पौडेल  र जलस्रोत तथा सिचाइ विकास डिभिजन कार्यालयमा सरुवा भएर आउनु भएका कार्यालय प्रमुख नवराज जोशी लाई पनि स्वागत गरिएको थियो ।

कार्यक्रममा बोल्दै जिल्ला न्यायाधीश ढुंगानाले अछाम जिल्लामा रहदा
आफ्नो कार्यकाल अवधीभर न्यायको क्षेत्रमा कुनै पनि कसुर नहुनेगरी  न्यायकै पक्षमा रहेर काम गर्ने बताए ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले  न्यायको पक्षमा अदालत लाई सधैं साथ र सहयोग रहने बताउदै जिल्लाका सम्पुर्ण कार्यालयमा कार्यरत राष्ट्रसेवक कर्मचारी हरुमा एकता हुनुपर्ने बताए।

संगमका उपाध्यक्ष खकेन्द्र सोडारिको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको संचालन संगमका टेकबहादुर सिजापतिले गर्नुभएको थियो । कार्यक्रममा जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *