भाउजूलाई म मरे भनेर अन्तिम म्यासेज गरेका पदम अस्ताए सदाको लागि इजरायलमा

भाउजूलाई म मरे भनेर अन्तिम म्यासेज गरेका पदम अस्ताए सदाको लागि इजरायलमा

डोटी : डोटी जिल्लाको आदर्श गाउँपालिका वडा नं ५ घर भएका पदमा थापा सुन्दर भविष्यको कल्पना गरेर इजरायल गएका थिए । सुदूरपश्चिम विश्वविद्यालयको बिएस्सी एजीका विद्यार्थीका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इन्टर्नसिपमा अध्ययन गर्न इजरायल पुगेका हुन थापा । एक महिना अगाडि मात्रै थापाका घरपरिवार,आफन्त साथीभाइ, इष्टमित्रहरूले इजरायल बसाइँ सुखद होस् सोचेका सपना पुरा होस् भनेर उनको फोटो राखेर शुभकामना दिनेको भिड थियोे । दैव दसा लागेपछि कसको के लाग्थ्यो र ? इजरायलमा पेलेस्टायनी बिद्रोही समूह हमासले गरेको आक्रमणमा परि सदाको लागि सुन्दर सपनालाई बुन्न नपाउँदै अस्ताए थापा । असोज २० गते डोटी लगायत धेरै ठाउँमा भुकम्प गएको थियो । विहान ११ बजेर ४५ मिनेट तिर गएको भुकम्पका बारेमा अन्तिम  कुराकानी भएकाे थियो  देवर भाउजुकाे जल स्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय राजपुर डोटीमा कार्यरत एओ मेखु अधिकारीले मधुरो स्वरमा सुनाउँदै थिन् । अधिकारीले देवर सँग हामी त भुकम्प काट बच्दैनौ कि बाबू सधैं डोटीमा त भुकम्प आइरहेको कुरा भिडियो कलमा दुबै जना खुसी हुँदै केही समयत मिठा बात गरेका थियौं उनले भनिन् । छोटो कुराकानी बाट छुटिएर आ- आफ्नो काम तिर लागे दुबै जना । नभन्दै थापाले म मरे अब भाउजू भनेर पठाएको म्यासेज उनले तुरुन्तै हेर्ने पाइनन् उनी काममा व्यस्त थिन । उनले म्यासेज केही समयपछि हेरेर देवरले अगाडि गरेको म्यासेजको रिप्लाई उमम है भाउजू डोटीमा भुकम्प आएको आएइ भैरहेको छ भनेर पठाएको होला भनेर म्यासेज काममा व्यस्त भएका कारण हेर्न पाइनन् किनकि काममा व्यस्त थिइन् । मनले मानेन काम अलिक कम भएपछि म्यासेज हेर्दा त म मरे अब भाउजू भनेर अफलाइन भैसकेका थिए  देवर बाबू   । उनले त्यो म्यासेज पछि धेरै पटक फोन,म्यासेज गरेर एकोहोरो छट्पटी रहिन् उनलाई यो के कुरा गरेको होला ? के भन्न खोजेको होला ? भनेर छट्पटाई  रहिन् । उनलाई देवरबाबुको म्यासेज देखेर के भएको हो सो बारेमा जान्न चाहान्थिन्  तर उनी अफलाइन भैसकेका थिए । उनी इजरायलमा नेपाली विद्यार्थीहरू पनि आक्रमण परेको खबर सुन्दा डराइन । बुढा सासुससुरालाई  त्यो कुरा सुनाउन सकस भयो । सामाजिक संजाल भरि इजरायलमा घटेको घटनाको समाचार धमाधम आउन थाले उनको मन अतालियो उनले आफ्नो देवरबाबु सँग दोस्रो संवाद समेत गर्न पाइनन् । अधिकारीका  श्रीमान दान बहादुर थापा आदर्श गाउँपालिकामा इन्जिनियर हुन । उनले त्यतिबेला नै  श्रीमतीलाई  फोन गरेर इजरायलमा भएको घटानाको बारेमा केही थाहा पायौं भनेर फोन गरे । उनले भनिन् उमम एकछिन अगाडि मात्रै बाबू सँग कुरा भएको हो एकासी मलाई म मरे भनेर म्यासेज गरेका छन् तर देवरबाबु अफलाइन भैसकेका छन् भनेर श्रीमान श्रीमतीले कुरा गरे । दुबै जना ठुलो चिन्तामा परे देवर र भाइको विषयमा सोचेर । उनलाई आफ्नो घरमा घटनाको विषयमा के भनेर कुरालाई भन्ने भनेर तड्पि रहेका थिए । किनकि थापाका बुवा प्रेसरका बिरामी हुन । त्यसकारण पनि झट्ट घटना बारे भन्न  सकेनन् दुबै जनाले । केही समयपछि घटनाको बारेमा बुवाआमालाई सुनाउँदा सबै जना चिन्तामा परे । थापाका  बुवा प्रेसरका बिरामी हुन झन छोरा भएको ठाउँमा त्यो घटना भएको कुरा सुन्ने बित्तिकै थापाका बुवा टीका बहादुर थापा मलिन अनुहार लगाएर ठुलो चिन्तित भए  । कयौं सपना बोकेर छोराे इजरायल गएको एक महिना नहुँदै अप्रिय घटनाको बारेमा कसको मन नआतिएला र !  स- परिवार राजपुर बाट गाउँ गए उनका आफन्त  सारा भगवान लाई जपिरहे कि आफ्नो  देवर वावुलाई केही नभएको खबर सुन्न पाउ भनेर  । तर थापाका बुवालाई छोराको पिरले झन प्रेसर बढ्दै गयो छोराको बारेमा सु समाचार को प्रखाइमा रहेका उनका बुवालाई प्रेसरले बढी च्यापि सकेको थियो । त्यसपछि उनलाई  राजपुर सुजंङ्ग अस्पतालमा भर्ना गरिएका छन् । अस्पतालको शैयामा भएका थापाका बुवालाई केही थाहा छैनन् छोराको अवस्थाका बारेमा । भाइले सदाको लागि स परिवारलाई छोडेर गएको पीडा एकातिर छ अर्को तिर बुवालाई अस्पताल भर्ना गर्नुपर्ने बाध्यता आइलागेको छ । भाइको सपना पूरा गर्न इजरायल पठाएको एक महिना पूरा नहुँदै यस्तो बज्रपात आइलागेको छ थापा परिवारलाई । भावविह्वल छन् थापाका  परिवार लगाएत डोटी जिल्ला थापा लगायत डोटीका २ जनाको मृत्यु भएको छ इजरायलमा । अर्का मृत्यु हुनेमा थापाका साथी शिखर नगरपालिका ६ पच्चनालिका राजन फुलारा गरि १० जना नेपालीको मृत्यु भएको छ ।

www.paajalo.com बाट 

Leave a Reply

Your email address will not be published. Required fields are marked *