ग्रीन लाइफको आईपीओ बिक्री खुल्यो

ग्रीन लाइफको आईपीओ बिक्री खुल्यो

ग्रीनलाइफ हाइड्रोपावरले सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेकाे  छ । हाइड्रोपावर कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ३५ लाख ९६ हजार ४ सय कित्ता आईपीओ माघ २३ गते देखि बिक्री खुला गरेको हो ।

यसमध्ये ६९ हजार ९ सय २८ कित्ता सेयर कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ७ सय ८० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सेयरका लागि आवेदन दिने सक्नेछन् ।

यस आईपीओमा माघ २७ गतेसम्म आवेदन दिन सकिनेछ । त्यस अवधिमा सबै आईपीओ बिक्री नभएमा फागुन ७ गतेसम्म बिक्री खुला हुनेछ । लगानीकर्ताहरुले आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । मेरो सेयरमार्फत् अनलाइनबाट पनि सेयर भर्न सकिनेछ । यसको बिक्री प्रबन्धक बीओके क्यापिटल हो ।

न्यूनतम १० कित्ताका दरले बाँडफाँट हुँदा जम्मा ३ लाख २५ हजार १ सय ६५ जना लगानीकर्ताले मात्र आईपीओ हात पार्ने देखिन्छ । ग्रीनलाईफको आईपीओमा १० कित्ता आवेदन दिए पनि पुग्ने देखिन्छ । कम्पनीले यसअघि आयोजना प्रभावित स्थानीयले नकिनेको सेयरसमेत थप गरी सर्वसाधारणलाई बिक्री खुला गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *