प्रतिनिधिसभा सदस्य शर्माद्वारा पाटन बहुमुखी क्याम्पसमा १ लाखको अक्षयकोष स्थापना 

प्रतिनिधिसभा सदस्य शर्माद्वारा पाटन बहुमुखी क्याम्पसमा १ लाखको अक्षयकोष स्थापना 
बैतडी :नेपाली काङ्ग्रेसका नेता एवं मोरङ ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुनिल शर्माले पाटन बहुमुखी क्याम्पस बैतडीमा शैक्षिक अक्षयकोष स्थापना गरेकाछन् ।
स्ववियु पाटन बहुमुखी क्याम्पसको आयोजनामा भएको सांसद संग विद्यार्थी संवाद कार्यक्रममा सांसद शर्माले १ लाखको शैक्षिक अक्षयकोष स्थापना गरेका हुन् ।
स्ववियु सभापति भागरथी भट्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा बोल्दै शर्माले उक्त अक्षयकोषले असहाय , गरिब ,बिपन्न तथा जेहन्दार विद्यार्थी हरुलाइ सहयोग हुने सांसद शर्माले बताउनुभयो ।उहाँले एक लाखको चेक समेत सोही कार्यक्रममा हस्तान्तरण गरेका हुन् । उहाँले हरेक क्षेत्रमा रचनात्मक काम हरु गर्दै आउनु भएको छ । कार्यक्रममा नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य भुवन भट्ट लगायतको उपस्थित रहेकोे थियो ।

Leave a Reply