विदेशमा थप ११ नेपालीको कोरोनाबाट मृत्यु

विदेशमा थप ११ नेपालीको कोरोनाबाट मृत्यु

कोरोना भाइरसको सङ्क्रमणबाट विदेशमा थप ११ नेपालीको मृत्यु भएको छ । पछिल्लोपटक युएईमा थप आठ, मलेसिया र केन्यामा एक/एक नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले जनाएको छ ।

एनआरएनए अन्तर्गतको स्वास्थ्य समितिका हालसम्म विदेशमा ५२ हजार १५७ जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ । तीमध्ये ४९ देशका ४९ हजार ११० नेपाली कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् ।

शनिबार साँझसम्म विश्वका विभिन्न २१ मुलुकमा रहेका सङ्ख्या ३१२ जनाको कोरोना सङ्क्रमणका कारणले नि’धन भएको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिनुभयो । कोरोना संक्रमण बढीरहदा स्वास्थ्य समितिले क्रिसमशलगायत अँग्रजी नयाँ वर्षका अवसरमा भीडभाड कम गर्न र सकेसम्म घरभित्रै बसेर पर्व मनाउन आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *