भारतमा अलपत्र परेका अछामका एक बालकको भारतिय प्रहरी द्वारा उद्वार

भारतमा अलपत्र परेका अछामका एक बालकको भारतिय प्रहरी द्वारा उद्वार

अछामका एक बालक भारतमा अलपत्र परेकाछन।

अछामको रामारोशन गाउँपालिका वडा नम्बर ६ रुल्ते भाटाकाटियाका निवासी दिपक साउदका १४ वर्सिय छोरा सुरेन्द्र साउद अलपत्र परेका हुन् । अलपत्र परेका बालकका बुवा दिपक लाई गाउँमा डिल्ली भनेर चिनिने गरेका बताइएको छ ।

उनी भारतको मध्य प्रदेश उज्जैन भन्ने ठाउँमा अलपत्र अवस्थामा भेटिएपछी त्यहाँको प्रहरीले उद्धार गरेको हो ।

हाल उनलाई प्रहरीले शासकिय बाल गृह छात्रवास उज्जैनमा राखेको नेपाली काङ्ग्रेस जनसम्पर्क समिती भारतका नेता दिनेश देवकोटाले बताए । हालसम्म कोहि पनि सम्पर्कमा नआएको उनले बताए ।

उनका आफन्तले निम्न नम्बरमा सम्पर्क गर्नसक्नु हुने छ ।
नाम दिनेश देवकोटा
सम्पर्क मोबाईल नम्बर : 9039682179

Leave a Reply

Your email address will not be published. Required fields are marked *