भारतबाट नेपाल आउने बस सञ्चालककाे आतंक, नेपाली यात्रु कुटिए

भारतबाट नेपाल आउने बस सञ्चालककाे आतंक, नेपाली यात्रु कुटिए

भारतकाे महाराष्ट्रस्थित पुनाबाट छुटेको बसमा सवार नेपाली यात्रु कुटिएका छन्। मुम्बईबाट सुरत हुँदै नेपाल गइरहेको दीर्घश्वरी टुर एण्ड ट्राभल्समा सवार यात्रु कुटिएका हन्। बसमा सवार नेपालीलाई बीच बाटाेमा दिसा पिशाव गर्न ओराल्ने क्रममा ढिलाे गरेको भन्दै कुटपिट गरिएको हाे।

सुरतबाट नेपाल जाने क्रममा बाटोमा दिसापिसाब गर्न निस्किएकामध्ये दुई नेपालीलाई बसका चालक, सहचालक र अन्य भारतीय नागरिक मिलेर कुटेका पीडितहरूले बताएका छन्। कुटपिटबाट नेपाली युवक राजीपुरका कृष्ण गिरि सहित केही घाइते भएका छन्। गिरिकाे शरीरमा ६ टाँका लगाइएकाे छ। अर्कोतिर भारतबाट नेपाल जाने बस समितिहरूले नेपाली नागरिकसँग महंगो र दाेब्बर भाडा पनि असुलिरहेका छन्।

बस संञ्चालक र समितिहरुको लापरबाहीले नेपालीलाई अनेक सास्ती भएको छ। सुरक्षित साथ घर पुर्याउने भनेर बाटोमा अनेक दुख दिँदै कुटपिटसमेत गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *