आपत र दुखत घडीमा सवै एकजुट हुनुपर्छ : वडा अध्यक्ष भण्डारी

आपत र दुखत घडीमा सवै एकजुट हुनुपर्छ : वडा अध्यक्ष भण्डारी

पुणे / मंगलसैन नगरपालिका वडा न ६ वडा अध्यक्ष एबम नेपाली काङ्ग्रेस जिल्ला आमन्त्रित सदस्य जनक राज भण्डारीले  बिदेशमा रहेका नेपालीले आफ्नो स्वास्थ्यको ख्याल गर्नु पर्ने बताएका छन ।

नेपाली जनसम्पर्क समिति औध साखाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले बाध्यताले बिदेशीएका लाखौ नेपाली दाजुभाइ दिदिबहिनीहरु अर्काको देशमा कसैको सहारा बिना कोरोना भाइरस सग त्रसीत भएर आफुले आफैलाइ एउटा कोठा भित्र कैद गरि राख्नु बाध्यता रहेकाले स्वास्थ्यको ख्याल गर्नु पर्ने बताए।

उनले अहिलेको अवस्थामा बिश्वको सवै कुनामा छरिएर बसेका नेपालीहरु यो आपत र दुखत घडीमा एक जुट हुनु पर्ने बताए । साथै कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै अध्यक्ष भण्डारीले आफ्नो घर परिवार को खुसी को लागि सात समुन्द्र पार गएर दुख गरेर कमाएका धनसम्पत्ति स्वदेशमा लगानी गर्न आग्रह गरे ।

कार्यमा बिशिस्ट अतिथिको आसन बाट बोल्दै आ इ काङ्ग्रेस भारत औध नगर सेवक कैलाश,नेपाली जनसम्पर्क समिती भारतका उपाध्यक्ष मान बहादुर  खत्री, सहसचिब जनक बिस्ट, कोषाध्यक्ष धिरेन्द्र ब • शाहीले संसार भरीको देशमा रोजगार को लागि पुगेकाहरु अहिले कोरोना भाइरस को महामारीको कारण सब काम काज ठप्प भएका हरुका लागि राहत र सहयोगका लागि तयार रहेको बताए ।

स्वागत कार्यक्रममा त्रिचन्द्र बहुमुखि क्याम्पस काठमाडौका बिध्यार्थी नेता बेदराज भण्डारी लगायतका अतिथी रहनु भएको थियो ।

नेपाली जनसम्पर्क समिति औध साखाका अध्यक्ष दिपक रिमालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली जनसम्पर्क समिति मा पुणे जिल्ला का केन्द्रीय प्रतिनिधि क्षेत्रीय प्रतिनिधि, शाखाका नेता कार्य कर्ताको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *