‘मोस्ट भ्यालुयबल प्लेयर’ बने जोफ्रा आर्चर , कसले के अवार्ड जिते ?

‘मोस्ट भ्यालुयबल प्लेयर’ बने जोफ्रा आर्चर , कसले के अवार्ड जिते ?

यूएईमा जारी १३ औँ सिजनको आईपीएलको फाइनलमा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै मुम्बई इण्डियन्सले पाँचौ पटक उपाधि जितेको छ । दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बुईले ५ विकेटले उपाधि जितेको हो ।

जारी  आईपीएलमा  २०२० को Most Valuable Player राजस्थान रोयल्सका तिब्र गति बलर जोफ्रा आर्चर घोषित भएका छन्। आर्चरले लिगमा १४ खेलमा ६.५५  इकाेमिनि रेट सहित २० विकेट लिएका थिए। उनले ५५.४ ओभर बलिंग गर्दा १७५ डट बल फालेका थिए। यस्तै ब्याटिंगमा  १७९.३६ को स्ट्राइक रेटमा १० छक्का  सहित ११३ रन बनाएका थिए।  भने प्रतियाेतितामा  ५ वटा क्याच लिएका थिए।

कसले के अवार्ड जिते
अरेन्ज क्याप : केएल राहुल ( किंग्स-११ पन्जाब ) राहुलले कुल ६७० रन बनाउदै पहिलो पटक अरेन्ज क्याप जित्न सफल भए। उनले १४ खेलमा ५५.८३ को औशत, १२९.३४ को स्ट्राइक रेटमा १ शतक र ५ अर्धशतक प्रहार गरे।

पर्पल क्याप : कागीसो रबाडा ( दिल्ली क्यापिटल्स ) रबाडाले कुल ३० विकेट लिएर पर्पल क्याप पहिलो पटक जित्न सफल भए। उनले १७ खेलमा १८.२६ को औशत र १३.१३ को स्ट्राइक रेटले उक्त विकेट लिए जुन क्रममा २ पटक एकै इनिंगमा ४ विकेट लिए।

“पावरप्लेयर” : ट्रेन्ट बोल्ट ( मुम्बई इन्डीएन्स ) पावरप्लेको ओभरमा उत्कृस्ट प्रदर्शन गरेका उनले ५ पटक यो अवार्ड जित्दै यो सिजनको “पावरप्लेयर” घोषित भए।

सर्वाधिक छक्का : इशान किशन ( मुम्बई इन्डीएन्स ) कुल ३० छक्का प्रहार गर्दै किशन सर्वाधिक छक्का हिर्काउने खेलाडी भए।

सुपर-स्ट्राइकर : काईरन पोलार्ड ( मुम्बई इन्डीएन्स ) १९१.४२ को सर्वाधिक स्ट्राइक रेटले १६ खेलमा २६८ रन बनाएका काइरन पोलार्ड सिजनको ‘सुपर स्ट्राइकर’ घोषित भए।

गेम चेन्जर : केएल राहुल ( किंग्स-११ पन्जाब )

फेयरप्ले अवार्ड : मुम्बई इन्डीएन्स

उदयमान खेलाडी : देभदत्त पडीक्कल ( रोयल च्यालेन्जर्स बैंगलोर ) यो सिजन डेब्यु गरेका पडीक्कलले ५ अर्धशतक प्रहार गर्दै कुल ४७३ रन बनाए जसले उदयमान खेलाडीको अवार्ड पाए।

म्यान अफ द फाइनल : ट्रेन्ट बोल्ट ( मुम्बई इन्डीएन्स )

Leave a Reply

Your email address will not be published. Required fields are marked *