आईपीएल: सन्दिपको यो ट्वीट गर्छ आज मौका पाउने संकेत

आईपीएल: सन्दिपको यो ट्वीट गर्छ आज मौका पाउने संकेत

काठमाडौं : यूएईमा जारी विश्वकै चर्तित टि २० क्रिकेट लिग आईपीएलको १३ औँ संस्करण अन्तर्गत दोस्रो क्वालिफायरमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावाद आमनेसामने हुँदैछन् । खेल आबुधावीस्थित शेख जायद रंगशालामा बेलुकी पौने ८ बजे सुरु हुनेछ। आज जित्ने टोलीले फाइनलमा उपाधिका लागि मुम्बइ इण्डियन्सको सामना गर्नेछ ।

यसै क्रममा क्रिकेट विश्लेषक आकाश चोपडाले दिल्ली र हैदरावादबीचको खेलबारे सम्भाव्यताको बारेमा बोल्दै नेपाली लेग स्पिनिर सन्दीप लामिछानेलाई मौका दिनु पर्ने बताएका छन् । भारतीय पूर्वक्रिकेटर समेत रहेका चोपडाले दिल्लीले खेलाइरहेका विदेशी तिब्र गतिका बलर डेनियल साम्सकाे प्रदर्शन फितलाे भइरहेका बेला दिल्लीले सन्दीपलाई मौका दिनुपर्ने कुरा दोहोर्याएका छन् ।

चोपडाले यसअघि पनि मुम्बईसंगको पहिलो क्वालिफायरमा पनि सन्दीपलाई मौका दिनुपर्ने बताएका थिए ।आकाशले उनको युटुब च्यानलमा एउटा भिडियो सार्वजनिक गर्दै दिल्लीको आईडल प्लेईङ ईलाभेन बताएका छन् जसमा सन्दिप लामिछाने समेत रहेका छन् । उनले सन्दिपको पहिलो खेल भएपनि स्पिनरलाई सहयोग गर्ने पिच भएकोले उत्कृष्ट प्रदर्शन गर्ने आशा राखेका छन् ।

मुम्बईसङ्ग पराजित दिल्ली हैदरावादको विजयी यात्रालाई रोकेर फाइनलमा पुग्न चाहन्छ भने हैदरावाद आफ्नो लयलाई कायम राख्ने दाउँमा हुनेछ । हैदरावादले एलमिनेटर खेलमा बेङ्लोरलाई ६ विकेटले पराजित गर्दै दिल्लीसँगको भेट पक्का गरेको थियो ।

सन्दिपको अन्तिम बिश्वास
यसैबिच जारी सिजनमा अहिलेसम्म मौका पाएका नपाएका सन्दिप लामिछानेले आज भने खेल्न पाउने प्रबल संम्भावना रहेको छ । आजको महत्वपूर्ण म्याचमा स्पिनर अनुकुल पिच भएको कारण दिल्लीले उनीमाथि विश्वास गर्ने सम्भावना पनि कायमै छ । उता सन्दिप लामिछानेले पनि एक ट्विट गर्दै आज खेल्ने संकेत गरेका छन् । ट्विटमा सन्दिपले लेखेका छन् ‘द फाईनल फेत, अर्थात अन्तिम बिश्वास ।

सन्दीपको सम्भावना कति ?
जारी सिजनमा लिग चरणका १४ खेलसहित पहिलो क्वालिफायरको खेल सकिदा पनि सन्दीप लामिछानेले प्लेइङ्ग ११ मा स्थान पाएका छैनन् । दिल्लीले पछिल्लोसमय खेलाईरहेका बिदेशी खेलाडी डानियल साम्सको बलिंग महँगो साबित भइरहेको बेला सन्दीपलाई आजको खेल खेल्ने सम्भावना छ । यद्यपि सन्दीपले प्लेइंग ११ मा मौका पाउने बारे अझै अन्योल रहेको छ । टि २० क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरिरहेका सन्दीपले १३ औं सिजनको आइपीएलमा भने मौका नै पाएका छैनन् जसले गर्दा उनका समर्थकहरु निराश भएका छन् ।

दिल्ली क्यापिटल्स : श्रेयस अय्यर (कप्तान), कैगिसो रबाडा, मार्कस स्टोइनिस, संदीप लामिछाने, ईशांत शर्मा, अजिंक्य रहाणे, रविचंद्रन अश्विन, शिखर धवन, शिमरॉन हेटमेयर, एलेक्स कैरी, मोहित शर्मा, पृथ्वी शॉ, ललित यादव, अवेश खान, अक्षर पटेल, तुषार देशपांडे, ऋषभ पंत, हर्षल पटेल, कीमो पॉल, अमित मिश्रा, एनरिक नोर्तजे, डैनियल सैम्स

सनराइजर्स हैदराबाद : डेभिड वार्नर (कप्तान), जोनी बेयरस्टो, केन विलियमसन, मनीष पाण्डे, श्रीवाट गोस्वामी, विराट सिंह, प्रियांम गर्ग, रिद्धिमान साहा, अब्दुल समद, विजय शंकर, मोहम्मद नबी, रशीद खान, जेसन होल्डर, अभिषेक शर्मा, बी संदीप, संजय यादव , फ्याबियन एलेन, पृथ्वीराज यारा, खलील अहमद, संदीप शर्मा, शाहबाज नदीम, सिद्धार्थ कौल, बिली स्टानलाके, टी नटराजन, बासिल थाम्पी

 

Leave a Reply