हार्दिकले पाए सर्वाधिक रनकर्ताले पाउने ओरेन्ज क्याप ? भित्रि कारण यस्ताे रहेछ…

हार्दिकले पाए सर्वाधिक रनकर्ताले पाउने ओरेन्ज क्याप ? भित्रि कारण यस्ताे रहेछ…

काठमाण्डौ : यूएईमा जारी १३ औँ सिजनको आईपीएलको फाइनलमा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै मुम्बई इण्डियन्सले पाँचौ पटक उपाधि जितेको छ । दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याउने क्रममा मुम्बुईले ५ विकेटले उपाधि जितेको हो ।

खेलपछि पुरस्कार वितरणका क्रममा केएल राहुलले पाउनुपर्ने ओरेन्ज क्याप हार्दिक पाण्डेले लिए । जबकी हार्दिक प्रतियाेगितामा सर्वाधिक रनकर्ताकाे सुचिमा नै थिएनन् । हार्दिकले ओरेन्ज क्याप लिदा सबै चकित भए । किनकी ओरेन्ज क्याप प्रतियोगितामा सबैभन्दा धेरै रन बनाउने खेलाडीले पाउने गर्छन् ।

यूएईमा जारी १३ औँ सिजनको आईपीएल सर्वाधिक रन बनाउने खेलाडि  किङ्स इलेभेन पन्जाबका कप्तान केएल राहुल हुन् । उनेले लिग चरणका १४ खेल खेल्दा एक शतक र पाँच अर्धशतकसहित सर्वाधिक ६७० रन बनाएका हुन्  ।  यस सिजनको आईपीएलमा राहुलले ५८ चौका र २३ छक्का प्रहार गरेका थिए । तर हार्दिकले ओरेन्ज क्याप लिनुको कारण भने केएल राहुल भारत फर्किएकाले उनको अनुपस्थतिमा लिएका रहेछन् । लिग चरणबाटै बाहरिएकाे पञ्जावका खेलाडिहरू फर्किसकेका कारण उनि पुरस्कार वितरणमा अनुपस्थित थिए ।

राहुललाई पछ्याएका दिल्ली क्यापिटल्सका शिखर धवनले १७ खेलमा दुई शतक र चार अर्धशतकसहित ६१८ रन जोड्दै शीर्ष स्कोरकर्ताको दोस्रो स्थानमा रहे ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *