आईपीएल: पावरप्लेमै दिल्लीले गुमायो ३ विकेट

आईपीएल: पावरप्लेमै दिल्लीले गुमायो ३ विकेट

युएइमा जारी इन्डियन प्रिमियर लिग आईपीएलकाे १३ औं अन्तर्गत फाइनलमा दिल्ली क्यापिटल्स र साविककाे विजेता च्याम्पियन मुम्बई इन्डियन्सबिच प्रतिस्पर्धा भइरहेकाे छ ।

टस जितेर पहिले ब्याटिङ गरेकाे दिल्लीले खराब सुरुवात गरेको छ । दिल्लीले पावरप्लेमै ३ विकेट गुमाएकाे छ ।  दिल्लीले पहिलो बलमै मार्कस स्टोइनिसलाई शुन्य रनमा गुमाएकाे हाे । त्यस्तै दाेस्राे ओभरको चौथो बलमा अजिंके राहनेको विकेट र ३ ओभरको तेस्रो बलमा शिखर धवनको गएको थियो । सुरुका दुवै विकेट बोल्टले लिएका हुन् भने धवनको विकेट जयन्त यादवले लिएका हुन्  ।

दिल्लीले आज पनि अघिल्लो खेलकै प्लेइङ सेटलाई मौका दिएको छ । मुम्बईले भने प्लेइङ-११ मा एक खेलाडी परिवर्तन गरेको छ । उसले राहुल चाहरको स्थानमा जयन्त यादवलाई मौका दिएको छ ।

मुम्बईको प्लेइङ-११ : क्विन्टन डिकक, रोहित शर्मा (कप्तान), इशान किशन, सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, किरण पोलार्ड, कृणाल पांड्या, जयन्त यादव, नाथनकुल्टर नाइल, ट्रेन्ट बोल्ट र जसप्रीत बुमराह ।

दिल्लीको प्लेइङ-११ : शिखर धवन, मार्कस स्टोइनिस, अजिंक्य रहाणे, श्रेयस अय्यर (कप्तान), ऋषभ पन्त, अक्क्षर पटेल, प्रवीण दुबे, शिमरोन हेटमायर, कागिसो रबाडा, रविचन्द्रन अश्विन र एनरिच नोर्टजे ।

 

Leave a Reply