उपचार खर्च आफैंले बेहोर्ने राष्ट्रपतिको चाहना

उपचार खर्च आफैंले बेहोर्ने राष्ट्रपतिको चाहना

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको स्वास्थ्योपचारको खर्च आफैंले बेहोर्न चाहेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । पेट तथा छातीमा समस्या देखिएपछि करिब दुई साता नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार गराएर फर्किएका पौडेलले आफ्नो उपचारमा भएको खर्च आफैंले बेहोर्ने चाहना राखेका हुन्

राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले जारी गरेको विज्ञप्ती अनुसार उनले आफ्नो उपचारमा भएको खर्च आफैंले बेहोर्न चाहेको उल्लेख गरिएको छ । राष्ट्रपतिले सामान्य रोगको उपचारसमेत विदेशमा गएर गराएको भन्दै त्यसबारे आलोचना भएपछि राष्ट्रपति पौडेलले आफ्नो उपचारको खर्च आफैंले गर्न चाहेको स्वकीय सचिवालयमार्फत सार्वजनिक गरेका हुन्।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा सामान्य उपचार गराएका राष्ट्रपति पौडेललाई गत ६ वैशाखमा थप उपचारका लागि भारत लगिएको थियो । स्वास्थ्य अवस्था सामान्य भएपछि पौडेल आइतबार राति स्वदेश फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *