देशै भरका देवकोटा बन्धुको उद्गम स्थल अछाममा महायज्ञ हुँदै

देशै भरका देवकोटा बन्धुको उद्गम स्थल अछाममा महायज्ञ हुँदै

अछामको ढकारी गाउँपालिकामा देशभरिका देवकोटा बन्धुहरूको सहभागीतामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ । देवकोटा बन्धु समाजको आयोजनामा यही वैशाख १८ गते देखी २४ गते सम्म ढकारी गाउँपालिका वडा नम्बर ८ देवकोटमा भव्य महायज्ञ हुन लागेको हो ।

देवकोटालाई देशै भर चिनाउने,आन्तरिक पर्यटन प्रवर्द्धन गर्न तथा धार्मिक स्थलको विकास गर्ने मुख्य उद्देश्य रहेको देवकोटा बन्धु समाज प्रचारप्रसार समिति संयोजक कृष्ण प्रसाद देवकोटाले जानकारी दिए ।

उनका अनुसार कुल देवताको मन्दिर निर्माण गरी देशकै सबैभन्दा ठुलो भारद्वाज ॠृषिको मूर्ति स्थापना गर्ने,महाकवि लक्ष्मी प्रसाद देवकोटाको  सालिक निर्माण गर्ने,सामुदायिक भवन निर्माण गरी वृहत् पुस्तकालय स्थापना सँगै धर्मशाला निर्माण तथा सञ्चालन गर्ने महायज्ञका उद्देश्य रहेका छन् ।

प्रथम दिवस र दृतिय दिवस गरी महायज्ञका विभिन्न धार्मिक कार्यक्रम राखिएको छ । देवकोटालाई राष्ट्र तथा अन्तर्राष्ट्रिय क्षेत्र सम्म चिनाउनका लागि प्रमुख कथा वाचक श्री नारायण प्रसाद शर्मा घोडासैनीको मुखारबिन्दु बाट सङ्गीतमय श्रीमद्भागवत ज्ञान महायज्ञको आयोजना हुने भएकाले सम्पूर्ण श्रद्धालु भक्तजनहरुमा देवकोटा बन्धु समाज महायज्ञ प्रचार प्रसार समितिले हार्दिक निमन्त्रणा गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *