अछामका प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासेनीका सफल ९ महिना

अछामका प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासेनीका सफल ९ महिना

अछाम । करिब २३ बर्ष अघि मुखियाबाट सरकारी सेवामा प्रवेश गरेका बिस्वराज मरासिनी यतिबेला उप सचिवको हैसियतले अछामको प्रमुख जिल्ला अधिकारी ( सिडिओ ) को जिम्मेवारी सम्हालि रहेका छन । प्रष्ट मात्रै होइन स्पष्ट स्वभाव भएका मरासिनी प्रशासकका रुपमा उत्तिकै इमानदार पनि छन ।

त्यसैले सिडिओ मरासिनी ९ महिनाको अवधिमा सफल प्रशासक भनेर जिल्लाभर कहलिएका छन । जिल्लाको शान्ति सुरक्षा र सुशासनका लागि दिनरात खटिरहेका उनि जनतालाई सहज अनि सरल तरिकाले सेवा प्रबाह गर्ने शैलीका कारण जनस्तरमा निकै लोकप्रिय छन ।

घरदैलोमा सेवा पुर्याउन सफल मरासिनीको सामाजिक काममा देखिएको सक्रियताको पनि उच्च प्रशंसा भैरहेको छ । २०७८ मंसिर २८ गते अछामको प्रमुख जिल्ला अधिकारी भएर जिल्ला प्रबेश गरेका मरासेनी संघिय सरकारको प्रतिनिधिको भूमिकामा अछाममा स्थानीय प्रशासन संचालनमा सफल भएका छन । त्यसैले यतिबेला अछाममा मरासेनीको अब्बल प्रशासकको पहिचान बनेको छ ।

पहिलो जिम्मेवारी – स्थानिय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न ।

अछाम आएको ४ महिना मात्रै भएको थियो । उनी जिल्लाका बारेमा बुझ्दै थिए सरकारले स्थानी तहको निर्वाचन घोषणा गर्‍यो । स्थानिय तहको निर्वाचनलाई सफतापूर्वक सम्पन्न गराउनु पर्ने प्रमुख चुनौती प्रजिअ मरासेनी सामु तेस्रियो ।

भोगौलिक विकटता , सुरक्षाका दृष्टिकोणले संवेदनशिल मानिएको जिल्लामा स्थानिय तहको निर्वाचन सम्पन्न गर्नु उनका लागि कम चुनौतीपूर्ण थिएन । तर यि अब्बल प्रशासक गत बैशाख ३० गते सम्पन्न भएको निर्वाचन शान्तिपूर्ण र भए रहित वातावरणमा सम्पन्न गराउन सफल भए ।

अछाम जिल्ला जस्तो विकट क्षेत्रमा स्थानीय प्रशासनको नेतृत्व गरेर , भएरहित वातावरणमा चुनाव सम्पन्न गराउने जिम्मेवारी लाई पूरा गरेका उनेल जिल्ला समन्वय समितीको निर्वाचन समेत उनले सफलतापूर्वक सम्पन्न गराए ।

दोश्रो जिम्मेवारी : नागरिकको घरदैलोमै सेवा ।

जिल्ला प्रशासन अछाम जिल्ला प्रबेश गरिसेकपछि प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासेनीले जिल्लाको भौगोलिक बिकटतालाई मध्यनजर गर्दै जनताको घरदैलोमै सेवा दिने निर्णय गरे । रामारोशन, मेल्लेख, चौरपाटी, ढकारी, तुर्माखाँद गाँउपालिका र कमलबजार नगरपालिकामा उनले शिविर नै सचालन गरेर जनतालाई नागरिकता, मतदाता परिचयपत्र लगायतका सेवा दिए ।

साँफेबगर नगरपालिकामा प्रशासनको टोलीले मतदाता परिचय पत्र मात्रै भए पनि वितरण गर्‍यो । प्रजिअ मरासेनी कहिले आफै शिबिरमा सहभागी भए भने कहिले आफ्नो मातहतका कर्मचारीलाई खटाएर शिविर सम्पन्न गरे ।

घरदैलोमै नागरिकता लगायतका प्रशासनबाट प्राप्त हने सेवा पाएपछि जिल्लाको विकट क्षेत्रका जनता निकै खुशी भए । जिल्ला सदरमुका पुग्न १ दिन बढी लाग्छ पहिलो दिनमै काम पनि हुदैँन खर्च पनि धेरै हुन्थ्यो तर घर नजिकै नागरिकता पाउदा आफुहरु विकट क्षेत्रका जनताले खुशी व्यक्त गरे ।

हिउँदमा तुर्माखाँद गाँउपालिकाको रहफ, चौरपाटी गाँउपालिकाको सोकट र मंगलसैन नगरपालिकाको बस्तीमा शिबिर संचालन गर्ने योजना रहेको उनले सुनाए ।

साँफेबगर बसपार्कको मुआब्जा बितरणमा प्रभावकारी समन्वय ।

जिल्लाको प्रमुख ब्यापारिक केन्द्र साँफेबगरमा नयाँ शहर योजना अन्तर्गत बन्न लागेको नयाँ बसपार्क निर्माणको काम लामो समय देखि रोकिएको थियो । बस पार्क बन्ने ठाँउमा पर्ने व्यक्तीगत जग्गाको मुआब्जा बितरण नहुँदा काम ठप्प थियो ।

तर प्रजिअ मरासेनी अछाम आएपछि उनको प्रभावकारी समन्वयमा मुआब्जा बितरण भयो । जगागाको मुआब्जा बितरण भएपछि अब बसर्पाक निर्माणको बाटो खुलेको छ ।

उद्धारमा प्रभावकारी समन्वय ।

जिल्लाका बिभिन्न ठाँउमा जटिल खालका गर्भवती तथा सुत्केरी महिलाको हेलिकप्टर मार्फत तत्काल उद्धार गरी रेफर गर्नुपर्ने अवस्थामा प्रजिअ मरासेनीले माथिल्लो निकाय तथा अस्पतालहरु संग समन्वय गरी तत्काल उद्धारमा पहल गरेका छन् । उनको सक्रियतामा २ दर्जन बढी महिलाको उद्धार भईसकेको छ ।

यस्तै जिल्ला अस्पताल मंगलसेन र बयालपाटा अस्पतालमा रगत अभाव हुन नदिन समेत उनले महत्वपूर्ण भुमिका निर्वाह गरिरहेका छन ।

सुशासन र शान्ति सुरक्षा कायम गर्न सफल

जिल्लामा सुशासन कायम गराउनमा प्रअिज मरासेनीले महत्वपूर्ण भुमिका निर्वाह गरेका छन् । जिल्लामा हुने बिभिन्न खालका योजना, विकास निर्माण, शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा हुने विभिन्न कार्यक्रमको प्रत्यक्ष तथा अप्रत्यक्ष निगरानी तथा खबरदारीको सक्रियताले सुशासन कायम गराउनमा उनि सफल भएका छन् ।

यस्तै जिल्लामा अप्रत्यासित रुमा हुने बाढी पहिरो लगायतका घट्नाबाट पिडितिलाई तत्काल राहत बितरणमा प्रजिअ मरासेनीको तदारुकतामा कमि छैन् । यस्तै हिमपातको समयमा समेत अप्ठेरोमा परेका नागरिक तथा बृद्धबृद्धाहरुलाई ब्लांकेट, सिरक लगायतका न्यानो कपडा बितरण समेत प्रजिम मरासेनीकै पहलमा भएका छन् ।

स्थानिय तह र विकासे साझेदार संस्था बिच समन्वय

आ आफ्नै तरिकाले जिल्लामा विकासे साझेदार संस्थाहरु संचालन रहेको अवस्थामा प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासेनीको पहलमा स्थानिय पालिका र संस्थाहरु बिच समन्वय भएर काम हुन थालेको छ । विकासे संस्थाले बिभिन्न कार्यक्रमहरु स्थानीय संगको समन्वयमा गर्न थालेका छन ।

मंगलसैन दरबारको काममा भने प्रगती हुन सकेन् । २०५८ साल फाुगन ४ गते राती तत्कालिन माओवादीको आक्रमणबाट ध्वस्त भएको अछाम जिल्लाको ऐतिहासिक महत्व बोकेको पुरातात्विक मंगलसैन दरवारको निर्माणको काम भने अधुरै छ ।

लागतमा बाट निर्माण कार्य सुरु गरी मा सम्पन्न गर्नुपर्ने लक्ष्य भएपनि २० बर्ष भईसक्दा पनि निर्माण पुरा हुन सकेको छैन् ।

मैगलसैन दरवारको निर्माण कार्य अधुरै रहदाँ भने प्रजिअ मरासेनी सन्तुष्ट छैनन् । उनि भन्नछन् जिल्लाको प्रमुखको हिसाबले पटक पटक ताकेता गर्दा पनि काम हुन सकेन् । तर पनि यसका लागि पटक पटक ताकेता गरिहरको उनले बताए ।          sudooraaja.com बाट साभार

Leave a Reply

Your email address will not be published. Required fields are marked *