आइएमई लाइफको टिकापुर एरिया अन्तर्गत विभिन्न शाखा द्वारा बीमा सचेतना कार्यक्रम सम्पन्न

आइएमई लाइफको टिकापुर एरिया अन्तर्गत विभिन्न शाखा द्वारा बीमा सचेतना कार्यक्रम सम्पन्न

आई एम ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिडेटको   पाचौ वार्षिक उत्सवको अवसरमा टीकापुर एरिया अन्तर्गत पाँच वटा शाखाले  विमा सचेतना कार्यक्रम गरेको छ  । कम्पनीले विभिन्न क्याम्पसहरूमा बिमा सचेतता कार्यक्रम गरेको हो  । भुरिगाउ शाखाले चुरे वहुमुखी क्याम्पस बगनाहा वर्दिया ,राजापुर शाखाले अमर शहीद श्री दशरथ चन्द बहुमुखी क्याम्पस राजापुर , टीकापुर शाखा कर्णाली उ. मा वि सत्ति , लम्की शाखामा लम्की बहुमुखी क्याम्पस लम्की र भजनी शाखामा महोन्याल वहुमुखी क्याम्पस भजनीमा गरी  ४१७ जनाको उपस्थितीकार्यक्रम गरेको थियो । कार्यक्रममा जीवन बीमाको परिचय, इतिहास, महत्व तथा उद्देश्य लगायतका विषयमा विद्यार्थीहरुलाई सचेतता  गराइएको थियो । आई एमइ  लाइफ इन्स्योरेन्स एरिया प्रमुख तुल्सी देवकोटाले विद्यार्थीहरुलाई जीवन बीमाले व्यक्तिको जीवनमा आइपर्ने वित्तीय जोखिमहरुबाट बच्नका लागि मद्दत गर्छ भन्ने कुराको जानकारी गराउनु भएको थियो ।  कार्यक्रममा  अभिकर्ता ,एजेन्सी मेनेजर ,शाखा प्रमुखहरु लगायतको उपस्तिथि रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *