आई एमई लाईफ इन्स्योरेन्स कम्पनी लि•द्वारा मृत्युदाबी भुक्तानी

आई एमई लाईफ इन्स्योरेन्स कम्पनी लि•द्वारा मृत्युदाबी भुक्तानी

आई. एमई. लाईफ इन्स्योरेन्स कम्पनी लि.द्वारा मृत्युदाबी भुक्तानी दिएको छ ।

कैलालीको लम्कीचुहा नगरपालिका वडा नं २ निवासी सलिना जैसीको एपेन्डीसाइटिस रोगका कारण मेडिकल कलेज कोहलपुरामा मिति २०७७ साल कार्तिक ३० गते मृत्यु भएको थियो ।

सलिना जैसीको बिमा जारी २०७४ साल पौष ३० गते बिमा जारी भएको र जम्मा बिमाङ्क २ लाख १० हजार रुपैयाँ थियो र वार्षिक किस्ता १० हजार २ सय ४६ रुपैयाँका दरले ३ वटा किस्ता ३० हजार ७ सय ३८ रुपैयाँ जम्मा भएको थियो ।

उक्त मृत्युदाबी भुक्तानी बिमा रकम कैलालीको लम्कीमा रहेको होटल शान्तिमा आई. एमई. लाईफ इन्स्योरेन्स कम्पनी लि.का कार्यकारी प्रमुख कवि फुयालले फागुन ६ गते मृतकका बुवा देवाखर जैसीलाई २ लाख ३८ हजार ३ सय ५० रुपैयाँको चेक हस्तान्तरण गरिएको आई. एमई. लाईफ इन्स्योरेन्स कम्पनी लि. लम्कीका शाखा प्रमुख तप्तराज तिमिल्सैनाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *