दिलबहादुरलाई कि सास दे, कि सल्फास दे भन्दै मुख्यमन्त्री कार्यालय पुग्यो बोलन्या थली

दिलबहादुरलाई कि सास दे, कि सल्फास दे भन्दै मुख्यमन्त्री कार्यालय पुग्यो बोलन्या थली

धनगढी,३ चैत । डेढ बर्षअघि भारतमा सडक दुर्घटनामा परि दुईटै खुट्टा फ्याक्चर भएका डडेल्धुराको गन्यापधुरा २ कोरगाउका २७ वर्षीय दिलबहादुर दमाईलाई कि सास दे कि सल्फास दे भन्दै बोलन्या थली डडेल्ध्राको युनिट मुख्यमन्त्री कार्यालय पुगेको हो ।

May be an image of 7 people, people standing and outdoors

हातमा कचौरा लिएर दमाईको उपचारका लागि आर्थिक सहयोग गरिदिन भन्दै मन्त्रालय पुगेको हो । रोजगारीका लागि भारतको मुम्बईमा पुगेको तीन दिनमै सडक दुर्घटनामा परेका उनी अहिले जीवन र मरणको अवस्था छन् ।

No description available.

अहिलेसम्म खुट्टाको उपचारका लागी आफन्तको सहयोग र ऋण जोहो गर्दै दिलको उपचारमा जुटे तर ऋण जोहो गरेको पैशााले दिलको उपचार हुन सकेको छैन । थप उपचार खर्च जुटाउन नसक्दा छोरो त्यतिकै सड्ने अवस्थामा रहेको छ ।

दिल दमाईका एक छोरा,एक छोरी र श्रीमती रहेका छन् । भने परिवारमा आमा,बुबा,दुई दाई सहित १८ जना रहेका छन् । परिवारले मंगलबार बोलन्या थलीको सेटमा धनगढीमा पुगेर दिल दमाईको थप उपचारका लागी सक्दो आर्थिक सहयोग गरिदिन भन्दै सबैमा अपिल गरेका छन् ।‘तपाईँको सानो सहयोगले दिल दमाईलाई जिउन सहज हुनेछ ।’

आर्थिक सहयोगका लागि मोबाइल नम्बर ९८१२६९९२१२,९८२८८७४८६२ छ भने आर्थिक सहयोग गर्न चाहनेहरूका लागि दिल बहादुर दमाईको वाणिज्य बैङ्कमा रहेको खाता नम्बर ४२४०१०००५३०२९०१० रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *