भीम रावलको वडामा स्वतन्त्र उम्मेदवार बिजयी
सडक मिडिया
ज्येष्ठ ८, २०७९ २१:५१:०६ • १२८७ पटक पढिएको

अछाम:नेकपा एमालेका नेता भीम रावलको वडा साँफेबगर नगरपालिका–६ भागेश्वरमा स्वतन्त्र उम्मेदार बिजयी भएका छन्।
एमालेबाट वडाध्यक्षका उम्मेदवार दुधकला बिष्ट तथा स्वतन्त्रबाट मीन बहादुर बोहराको समान २२६ मत आएपछि गोला प्रथाबाट स्वतन्त्र उम्मेदार बोहोरा बिजयी भएका हुन्।
दुबैको समान मत आएपछि पुनः गणना गर्न माग उठ्दा केहीबेर तनाव भएको थियो। अन्ततः दुबै पक्ष गोला प्रथा गर्न सहमत भएका थिए।
सिफारिस